मदनपोखरामा नेकपाको अन्तक्रिया तथा प्रशिक्षण

0 172

पाल्पा । तानसेन नगरपालिका वडा न. ९ नेकपा वडा कमिटीले सदस्यहरु बिच पार्टी गतिबिधी र स्थानीय देखी केन्द्र सरकारको कामका बिषयमा अन्तक्रिया गरेको छ । पार्टी सदस्यहरु उपस्थिती भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सांसद सोमप्रसाद पाण्डेय, नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे, नेकपा नेता धनेन्द्रराज घिमिरे, नेकपा पाल्पा सदस्य गुरास आत्रेय लगायतले समसामयिक बिषयबस्तु र सहभागीहरुको प्रश्नमामा आफ्नो धारणा राखेका थिए ।


नेकपा वडा न. ९ वडा कमिटीले आयोजना गरेको कार्यक्रममा सांसद सोमप्रसाद पाण्डेयले सिद्धबाबा सडकखण्डमा सुरुङ्गमार्ग सहित बुटवल पोखरा सडक स्तरउन्नती, तानसेन श्रीनगर बिकास लगायतका काममा बजेट भाषणमा सम्बोधन हुने बताए । युवा स्वरोजगार बृद्धिको कार्यक्रम आत्मनिर्भरताको लागी कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि र बिउमा अनुदान, पर्यटन बिकासका लागी बाटोको स्तरउन्नती, सम्पदा संरक्षण, पार्क निर्माण लगायतका काम सरकारले अघि बढाएको बताए । नेपाल र नेपालीको बिकासमा नेकपा सरकार अहोरात्र खटेको र सरकार नेकपा घोषणपत्र अनुसार अगी बढिरहेको बताए ।


कार्यक्रममा नेकपा केन्द्रिय सदस्य ठाकुर गैरेले जनताको अपेक्षा असिमित रहेकोले सरकारले बिस्तारै पुरा गर्दै जाने बताए । नेकपा सामाजिक न्याय सहितको समाजबादमा जाने आफ्नो उदेश्यमा बिचलित नभएको र उदेश्य पुराहुन नदिन बाहिरी तथा भित्री दलाल पुजीबादी हाबी भएको तर सबै बाधा हटाउदै नेकपा उदेश्यमा पुग्ने र हामीले परिकल्पना गरेको राज्य स्थापित हुने बताए । कार्यक्रममा नेकपा नेता धनेन्द्र घिमिरेले पार्टी विधान अनुसार अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिदै सरकारले गरेका काम सत्य तथ्यरुपमा जनतामा लैजान आग्रह गरे ।


कार्यक्रममा नेकपा पाल्पा सदस्य गुरास आत्रेयले सरकारले राम्रा योजनाहरु ल्याएको तर जनतासम्म सत्य सुचना नपुगेकाले सफल नभएको बताउदै जनप्रतीनिधीलाई उदेश्यपरक रचनात्मक र दिगोबिकासका काम ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले जनप्रतीनिधीहरुको चुनाव अधि र पछि व्यवहारमा परिवर्तन देखिएको बताउदै चुनावीघोषणापत्र अनुसार बिकास निमार्णका काम गर्न सल्लाह दिएका थिए । कार्यक्रम नेकपा वडा कमिटी अध्यक्ष तारा बहादुर थापाको अध्यक्षता सचिब कल्पना भण्डारीको संचालन र सदस्य जिवनाथ पाण्डेको स्वागतमा चलेको थियो ।

Comments
Loading...