मनकारी तिमिल्सिना, जसले गरे ७ वटा सटरको भाडा छुट दिने घोषणा

0 151

पाल्पा । कोभिड १९ अर्थात् कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन गरे सँगै ब्यवसायिक तथा अन्य कारोवार बन्द भएपछि सरकारले घरधनीसँग चैत महिनाको भाडा नलिन आग्रह गरेको छ । उक्त आग्रहसँगै बिभिन्न ब्यक्तिहरुले आफ्नो घरमा भाडामा बस्ने र भाडामा रही ब्यवसाय गर्नेहरुका लागि १ महिनाको भाडा छुट घोषणा गर्दै आएका छन् ।


तानसेन नगरपालिका वडा नं. ९ दमकडाका लक्ष्मीकान्त तिमिल्सिनाले दमकडा चोकमा रहेका आफ्ना १० वटा सटरमध्ये हाल भाडामा रहेका ७ वटा सटरको चैत महिनाको पानी र बिजुली सहित मासिक भाडा नलिने घोषणा गरेका छन् । समयमा ब्यापारिक कारोवार पनि नभएको र सरकारले पनि भाडा नलिन आग्रह गरेकोमा आफूले उक्त घोषणा गरेको उनले बताए ।


जहाँ भाडा पसल, रेष्टुरेन्ट, सिलाईपसल, तरकारी पसल र फेन्सी लगायतका पसल रहेका छन् । जसको मासिक प्रति सटर ३ देखि ४ हजार रुपैयाँसम्म रहेको छ । तिमिल्सिना स्वयम् आफै हाल बुटवल मणिग्राममा घर र जग्गा भाडामा लिएर बागेश्वरी डेरी कम्पनी प्रालि सञ्चालन गर्दै आएका छन् ।

Comments
Loading...