मनपरि शुल्क नलिन क्रान्तिकारीको ध्यानाकर्षण

0 178

पाल्पा । विद्यार्थीहरुको हकहितको लागि वकालत गर्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पाले शिक्षण संस्थाहरुले लिने गरेको मनपरी शुल्क नियन्त्रणको माग सहित ध्यानाकर्षण गराएको छ ।

सरकारी तथा सामुदायिक विद्यालयहरुले विभिन्न बाहनामा लिने गरेको शुल्कलाई नियन्त्रण गर्न अनेरास्वीयु (क्रान्तिकारी)ले जिल्ला शिक्षा समन्वय समिति र प्याब्सन पाल्पालाई ज्ञापन पत्र बुझाउँदै माग गरेको हो ।

अनेरास्वीयु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरेले शिक्षा समन्वयका सूचना अधिकारी महेन्द्र सुवेदी र प्याब्सनका जिल्ला अध्यक्ष भरत न्यौपानेलाई माग पत्र बुझाए ।संस्थागत विद्यालय र मन्टेश्वरीहरुमा लिने मनरी शुल्क नियन्त्रण गर्नुपर्ने, मापदण्ड विपरीत अवैधानिक ढंगबाट सञ्चालित ट्युसन सेन्टर, कन्सनटेन्सी लगायतका शैक्षिक संस्थाहरु बन्द गरिनुपर्ने, शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट छुट्याउनुपर्ने, संस्थागत विद्यालयले दिने १० प्रतिशत र सामुदायिक विद्यालयले दिने छात्रवृत्ति अनिवार्य र पारर्दशी हुनुपर्ने लगायतका १२ बुँदे माग रहेको छ ।

Comments
Loading...