माओवादी केन्द्रको बिस्तारित बैठक सम्पन्न

0 16

पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाको विस्तारित बैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ । बैठकमा संयुक्त वामगठबन्धका प्रतिनिधि सभा २ को उम्मेदवार तथा पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डे, माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य तथा क्षेत्र नं. २ को प्रदेश सभा २ का उम्मेदवार तुलाराम घर्ति मगर (बसन्त), पार्टीका केन्द्रिय सल्लाहकार लोकनाथ गौतम, जिल्ला सह–इन्चार्ज चक्र व्यूह थापा, सह–संयोजक राजेन्द्र बिक र जित वहादुर थापा, पार्टीका समानुपातिक उम्मेदवार दिल कुमारी योञ्जन, मञ्जु बिक र डा.पुरन बज्रचार्य लगायतले प्रशिक्षणमूलक मन्तव्य दिदै संयुक्त वामगठबन्धका उम्मेदवार र पार्टीका समानुपातिक उम्मेदवारलाई बिजयी गराउनको लागि अनुरोध गरे ।

बैठकमा पाल्पा जिल्लाका २ नगरपालिका र ८ वटा गाउँपालिकाबाट रिर्पोटिङ्ग लिने काम भयो साथै संयुक्त वामगठबन्धको चुनावी अभियानको समिक्षा गरियो । बैठकले पाल्पा जिल्लाको प्रतिनिधि सभा १ लगायत त्यस मातहतका दुवै प्रदेश सभा र प्रतिनिधि सभा २ र त्यसअन्र्तगत प्रदेश सभा १ मा एमालेको सुर्य चिन्हमा भोट हाल्न सबै कार्यकर्ता तथा जन्तालाई निर्देशन दिने सो कार्यन्वयन नभए कडाभन्दा कडा कार्बाही गर्ने गर्ने निर्णय गरेको छ अनि प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा माओवादीको गोलाकार भित्रको हसिया हतौडा र जिल्लाभर समानुपातिक माओवादी पार्टीको हसिया हतौडामा भोट हाल्न आम पार्टी कार्यकर्ता लगायत आम पाल्पाली जनसमुदायलाई अनुरोध गर्ने निर्णय गरियो ।

साथै बैठकले चुनावलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि जिल्ला संयोजक गिर वहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय अनुगमन तथा निर्देशन समिति गठन गरेको छ । जसको सदस्यहरूमा शान्ता सारु, दल वहादुर राना, कमल भट्टराई र कौशल न्यौपाने रहेका छन् । बैठक जिल्ला संयोजक गिर वहादुर थापाको सञ्चालन र जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भयो ।

Comments
Loading...