माग पूरा नभए आन्दोलन गर्ने राहत शिक्षकको चेतावनी

0 72

भुवन रायमाझी । छहरा (पाल्पा)
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राहत कोटामा अध्यापन गराउँदै आएका शिक्षक शिक्षिकाहरुको भेला भैरव नवदिप छहरामा सम्पन्न भएको छ ।

भेलाले शिक्षक गणेश बहादुर खत्रीको अध्यक्षमा १३ सदस्य राहत शिक्षक समुह गठन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेका छन् । उनीहरुले लामो समय देखि शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर नगरी राज्यले राहत शिक्षकहरुलाई बिभेद पुर्ण ब्यवहार गरेको आरोप लगाउँदै प्रक्रिया पु¥याई अन्य सेवा सुबिधा संगै स्थायी गराउने पर्नै माग राख्दै आएका छन् ।
शिक्षकहरुले आफ्ना माग पुरा गराउन दबाब दिनको लागी मंसिर ६ गते गाउँपालिका स्तरीय बृहत भेलाबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । ।रैनादेवी छहरा गाउँपालिका भित्र ६१ सामुदायिक बिद्यालयमा ७८ जना राहत शिक्षक कार्यरत छन् ।

Comments
Loading...