माघ १८ सम्झदा पाल्पालीको अझै मुटु काप्छ

0 45

पाल्पा । पाल्पालीहरुको नजरमा लागि माघ १८ एउटा अविस्मरणीय दिनको रुपमा रहेको छ । दश बर्षे जनयुद्धका क्रममा आज भन्दा ठिक १२ बर्ष अगाडि २०६२ साल माघ १८ गते आजकै दिन तत्कालीन विद्रोही माओवादी द्वारा पाल्पाको प्रशासनिक केन्द्र पाल्पा दरबार आक्रमण गरि ध्वस्त बनाईएको थियो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापा, अनुसन्धान प्रमुख सहितलाई कब्जामा लिई एक हप्ता पछि छाडिदिएको थियो भने सात दर्जन भन्दा बढी प्रहरीलाई आत्मसमर्पण पछि छाडिदिएको थियो ।
आक्रमणबाट पाल्पा दरबार पूर्ण रुपमा ध्वस्त भएको थियो भने सम्पूर्ण कागजपत्रहरु ध्वस्त भएका थिए । फोटोः आक्रमणको क्रममा ध्वस्त शित्तलपाटी सामाजिक सञ्जालहरुबाट साभार गरिएको ।

Comments
Loading...