माथागढीका कर्मचारी र स्वाथ्यकर्मीको कोरोना बिमा पालिकाले गर्दियो

0 20

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,गाँउपालिकाको कर्मचारी र वडाका प्रतिनिधिहरूको कोरोना बिमा गरेको छ ।


महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी र गाँउपालिकाको कर्मचारी वडाका प्रतिनिधिहरूको गाउँपालिकाले कोरोना बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए । कोरोना महामारीको बेला जोखिम मोलेर उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,गाँउपालिकाको कर्मचारी र वडाका प्रतिनिधिहरूको प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए ।


यसप्रकारको बिमाले कर्मचारी र सवास्थ्यकर्मीहरुमा उच्च मनोबल सृजना हुने भन्दै पालिकाले बिमा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।

Comments
Loading...