माथागढीका क्वारेन्टाइनमा रहेका ६ जनामै कोरोना देखिएन

0 32

पाल्पा । माथागढी गाउँपालिकामा रहेका क्वारेन्टाइनमा बस्दै आएका ६ जना मध्ये ६ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।


लकडाउनपछि पोखराबाट फर्किएर गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको आरडिटी टेस्ट रिपोर्ट नेगेटिभ आएको हो । वडा नं.५ को आगमन चर्जको क्वारेन्टाइनमा बस्दै आएका उनीहरुमा कोरोना नदेखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीले बताए ।


आरडिटी परीक्षण पछि उनीहरूलाई विदाई गर्दै गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले उनीहरुलाई कम्तिमा एक हप्ता देखि १० दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिए । सिनियर अहेव अधिकृत गोविन्द प्रसाद भट्टराई, गोठादी स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट नारायण सारू, कसेनी स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट तेजु राना लगायतको टोली आरडीटी परीक्षणमा खटेको थियो ।

Comments
Loading...