माथागढीको गोयलुङमा बृद्ध दम्पत्तिले सँगै आत्महत्या गरे

0 51

पाल्पा । माथागढी गाउँपालिका–५, गोहेलुङका बृद्ध दम्पत्तिले घर नजिकैको जंगलमा सँगै आत्महत्या गरेका हुन् । ७६ वर्षीय पूर्णबहादुर सारु उनकै श्रीमति ६६ वर्षकी हरिसरा सारुले मंसिर ९ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

वृद्ध दम्पत्तिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याईएको छ । आत्महत्या गर्नुको कारण भने अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...