माथागढीको चिदीपानीमा एक हप्ते दुना टपरी बनाउने तालिम सुरु

0 156

पाल्पा । माथागढी गाउँपालिका वडा नं १ चिदीपानीमा रहेका विपन्न घर परिवारका वेरोजगार १५ जना महिलाहरुका लागि ७ दिने व्यवसायिक दुना टपरी उत्पादन सिप विकास तालिम सुरु भएको छ ।


गरिवी निवारणका लागि लघु उद्यम विकास अन्र्तगत यस आ.व ०७६।०७७ मा घरेलु तथा साना उद्योग कार्यालय, पाल्पा र माथागढी गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक परिचालन तथा चेतना अभिबृद्धि समुह नेपाल पाल्पाको आयोजनामा कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा चलेको थियो ।


कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका प्रमुख सन्तोष कुमार थापाले तालिम सफलतापुर्वक लिन र तालिमकै सिपबाट उद्यमशील बन्न आग्रह गरे । उनले यसप्रकारका तालिमलाई गाउँपालिकाका तर्फबाट पनि प्राथमिकता दिइने बताए । उद्घाटन कार्यक्रममा अतिथिका रुपमा कार्यपालिका सदस्यहरु हिरा व रेग्मी, विद्या कुमारी सिंजाली, पार्वती वि.क. स्थानीय समाज सेवी कृष्ण पौडेल, महिला सहकारी अध्यक्ष लक्ष्मी पुरी र सामाजिक परिचालन तथा चेतना अभिबृद्धि समुहका अध्यक्ष सागर पोख्रेल, सल्लाहकार हिरा वहादुर वोहोरा र कार्यक्रम संयोजक एन्जिना खनाल र प्रशिक्षक दिलकुमारी थापाको उपस्थिति रहेको थियो ।


कार्यक्तममा सफल उद्यमीको रुपमा स्थापित हुने सम्मको क्रियाकलापमा संस्थाले जोड दिने कुरामा संस्थाको अध्यक्ष सागर पोख्रेलले बताए । कार्यक्रममा स्वागत बरिष्ठ उद्यम विकास सहजकर्ता शिला क्षेत्रीले गरेकी थिइन भने र उद्यम विकास सहजकर्ता सुस्मिता गुरुङ्गको संचालनमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...