माथागढीमा कार्य मूलक अनुसन्धान अभिमुखीकरण कार्यक्रम सम्पन्न

0 215

सुमन गाहा । (माथागढी) पाल्पा
माथागढी गाउँपालिकामा कार्य मूलक अनुसन्धान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका एक एक जना शिक्षकहरुको पेशागत क्षमता विकास गर्ने, शिक्षण सिकाइका समस्या पत्ता लगाई समाधान समेत गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

यो कार्यक्रम अन्तरगत शिक्षकहरुले ४५ दिनसम्म आफ्नै कक्षा कोठामा कार्यमूलक अनुसन्धान गर्ने, प्रतिवेदन तयार लगायतका कार्यहरु भएका थिए । शिक्षण सिकाई क्रियाकलापमा देखा परेका समस्यालाई व्यवहारिक र अनुसन्धानात्मक ढंगले समाधान गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले यो कार्यक्रम प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा माथागढी गाउँपालिका भित्रका ४५ विद्यालयका ४५शिक्षकहरुको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको प्रशिक्षण गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल,गाउँ शिक्षा समिति सदस्य अशेष भट्टराई, शिक्षा संयोजक गजेन्द्र पन्थी गरेका थिए ।

Comments
Loading...