माथागढीमा गर्भवतीलाई पोषिलो अण्डा र गर्भवतीको घरमा हरियो झण्डा अभियान

0 180

सुमन गाहा । पाल्पा
माथागढी गाँउपालिकाले गर्भवती स्वास्थ्य क्षेत्रमा बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यो पालिकाले अहिले गर्भवती र महिलालाई अण्डा घरमा हरियो झण्डा कार्यक्रम सञ्चालन गरेको छ । अण्डाले आमा र बच्चालाई पोषण पुरा हुने र घरमा हरियो झण्डाले माथागढी गाँउपालिका भित्र कति घरमा गर्भवती महिला छन भनेर चिन्न सकिने भएकोले यो कार्यक्रम संचालन गरिएको बताइएको छ ।
गर्भवती महिलालाई अण्डा र घरमा हरियो झण्डा तथा सुत्केरी प्रोत्साहन रकम वितरण कार्यक्रम अन्तर्गत माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीका गर्भवती महिलालाई अण्डा र सुत्केरी प्रोत्साहन रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्याउने भन्दै गाउँपालिकाले नियमित गर्भ जाँच गराउनेलाई अण्डा र सुत्केरी प्रोसाहन रकम वितरण गर्ने अभियान सञ्चालन गरेको उपाध्यक्ष निर्मला भट्टराईले बताइन् । संस्थागत सुत्केरी प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले अण्डा र झण्डा अभियानलाई पनि सँगसगै अगाडि बढाएको उनले बताइन् । गर्भवती महिलामा गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीका स्वास्थ्य चौकी प्रमुख धुर्व सनारले बताए ।
आमा सुरक्षा, गर्भवती महिलालाई अण्डा घरमा हरियो झण्डा तथा सुत्केरी प्रोत्साहन रकम वितरण कार्यक्रममा माथागढी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिव प्रसाद शर्मा, कार्यपालिका सदस्य विधा कुमारी थापा,वडा सदस्य हिरा बहादुर रेग्मी, जनमुक्ति पाल्पाका माथागढी प्रतिनिधि प्रेम बहादुर गाहा लगाएतको सहभागिता रहेको थियो । गाँउपालिकाको तर्फबाट वडाका २६ जना गर्भवती महिलालाई अण्डा र ९ जनालाई सुत्केरी प्रोत्साहन रकम रू २ हजार ५ सय वितरण गरिएको वडा अध्यक्ष शिव प्रसाद शर्माले बताए । माथागढी गाँउपालिका वडा नं.१ चीदीपानी स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेहरूलाई यातायात खर्च वापत थप रू २ हजार ८ सय स्वास्थ्य चौकिको तर्फबाट दिईने गरेको वडा अध्यक्ष शिव प्रसाद शर्माले बताए ।

Comments
Loading...