माथागढीमा दोस्रो चरणमा ७ सय १२ जनालाई खोप लगाइयो

0 100

सुमन गाहा । (माथागढी) पाल्पा
माथागढी गाँउपालिकामा कोरोना भाइरस कोभिड—१९ विरुद्धको दोस्रो चरणको खोप ७ सय १२ जनालाई लगाइएको छ । माथागढी गाँउपालिकाका ८ वटै वडामा फागुन २३ गतेदेखि २८ गते सम्ममा ७ सय १२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जि.सिले बताए ।

जि.सिका अनुसार पहिले छुटेका र ६५ वर्ष माथिका नागरिकलाई खोप लगाईएको हो ।

Comments
Loading...