मादक पदार्थ सेवन गरि ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने बिरुद्ध मुद्धा

0 430

पाल्पा । मादक पदार्थ सेवन गरि प्रहरी माथि कुटपिट गरेको अभियोगमा पाल्पा प्रहरीले रामपुर नगरपालिका वडा न ४ का २० वर्षीय सुसन नेपाली, सोही ठाउँका ३५ बर्षीय मन बहादुर नेपाली र सोही ठाउँका २२ वर्षीय सुरज सार्कीलाई मुद्धा चलाएको छ ।

गत १६ गते राति १० बजेको समयमा उनीहरुले मादक पदार्थ सेवन गरि हल्ला गर्ने र सामाजिक सद्भाव समेत बिथोल्ने कार्य गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई रामपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन लगिएको थियो । सोही क्रममा उनीहरुले अस्पतालमा ड्युुटीमा खटेका प्रहरी जवान जय प्रकाश चौधरी माथि अस्लिल शब्दमा गाली गलौज गर्दै हातपात तथा कुटपिट समेत गरेकोले उनीहरु माथि मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ को सार्वजनिक शान्ति बिरुद्धको कसूरमा मुद्दा दर्ता गरी भदौ १७ गते म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments
Loading...