मानवअधिकारकर्मी तथा संचारकर्मीद्वारा प्रजिअको ध्यानाकर्षण

0 21

पाल्पा । अभिभावकको निधनपछि बिचल्लीमा परेका बगनासकाली–७ खानीगाउँका बोटे बालबालिकाको उचित पुर्नस्थापनका लागि जिल्लामा क्रियाशील मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरुले सोमवार प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम संयोजक रुद्र मश्रांगी, पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल, पाल्पा आवाज पत्रिकाका दयाराज न्यौपाने, श्रीनगर टेलिभिजनका बिष्णु प्रसाद घिमिरे, सुर्योदय टेलिभिजनका कमल बस्याल, मानवअधिकार निगरानी समूहका माया नेपालीले ध्यानाकर्षणपत्रमा हस्ताक्षर गरेका छन् ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ ढकालले यस बिषयमा आफूले पहल गरिरहेको बताए । उनले बालबालिकाहरुको हितलाई प्रमुख मानेर अगाडि बढ्ने बताए । सो अवसरमा बगनासकाली गाउपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल सहितको टोलीले थप आवश्यक जानकारी सहितको रिपोर्ट ल्याउने र सोही बमोजिम उनीहरुको व्यवस्थापन गर्ने गरि तयारी अगाडि बढेको छ ।

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँ दैलातुङको बोटे गाउँका १४ वर्षीया हेमा बोटे र उनका भाई १० वर्षीय सन्तबीर (बुद्ध) बोटेको अभिभावकको निधनपछि बेसाहारा भएको र उनीहरुको दैनिकी कष्टकर भएको भन्ने समाचार पाल्पा समाचार डटकम सहित अन्य स्थानीय संचारमाध्यमहरुमा आएको थियो ।

Comments
Loading...