मानवअधिकार निगरानी समूह र स्वास्थ्य स्वयम्सेविकाबीच अन्र्तक्रिया

0 29

पाल्पा । मानवअधिकार निगरानी समूह बगनासकाली गाउँपालिका–७ खानीगाउँको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेविका र निगरानी समूह बीच स्वास्थ्य अधिकारबारे १ दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समुदाय स्तरमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको कामले राम्रो प्रभाव पारेको र समयसापेक्ष अझ प्रभावकारी बनाउँदै लैजानु आवश्यक रहेको बताए ।
खानीगाउँ स्वास्थ्य चौकीका जीवलाल बस्यालले समुदायका सवाल र महिला स्वास्थ्य स्वयम्सेविकाहरुले भूमिकाका बिषयमा जानकारी गराएका थिए ।

सो अवसरमा आआफ्नो समुदाय स्तरमा रहेका स्वास्थ्य समस्याहरु समाधान गर्ने, बिरामीहरुलाई समयमै स्वास्थ्य चौकी सम्म पुर्याउने, गर्भबति महिला, नवजात शिशु स्याहार लगायतका बिषयमा चेतना फैलाउने, परिवार नियोजन र उपयोगिताबारे समुदायमा चेतना बाड्ने लगायतका कामहरुमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका महत्वपूर्ण रहने निष्कर्ष निकालिएको थियो । कार्यक्रम मानवअधिकार निगरानी समूह खानीगाउँका संयोजक पूर्ण बहादुर कनौजेको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...