मुक्तिनाथ कृषि सहकारीको अध्यक्षमा देव पचभैया

0 321

पाल्पा । तानसेन स्थित मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशनबाट अध्यक्षतामा देव पचभैया अध्यक्षमा सर्वसम्मतीबाट चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा विनोद पन्थी, सचिवमा शंकर भण्डारी, कोषाध्यक्षमा समिरमान सिंह चयन भएका छन् । समितिको सदस्यमा चिरञ्जीवी नारायण उपाध्याय ढुङ्गाना, राम प्रसाद श्रेष्ठ, उत्तम कुमार बज्राचार्य, विमला शाक्य बज्राचार्य र विनायक महर्जन रहेका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा पर्शुराम सापकोटा, सदस्यमा प्रविन बज्राचार्य र सुनिल कुमार बस्याल चयन भएका छन् । नव निर्वाचित अध्यक्ष पचभैयाले पत्रकारीता क्षेत्रमा लामो समय काम गरेको भएपनि सहकारी क्षेत्रमा नेतृत्व गर्ने पहिलो अवसर भएकाले सबैको सहयोग र सहकार्यमा जिल्लाकै उत्कृृष्ट सहकारी बनाउने गरी काममा खटिने प्रतिवद्धता जनाए ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले जिल्लाका स–साना उद्योग व्यवसायहरुलाई प्रवद्र्धन गर्ने काम सहकारीले गर्दै आएको बताए । कार्यक्रममा सहकारीका सल्लाहकार हरि रायमाझीले सहकारी नाफा मुखी नभई शेयरसदस्य केन्द्रित सेवामुखी भावनाले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सल्लाहकार भिमसेन कार्की, शेयर सदस्य कृष्ण पोखरेल, चिरञ्जीवी उपाध्याय ढुङ्गाना, हुमा सुर्यवंशी लगायतले कृषि बहुउद्देश्यीय सहकारी भएकोले कार्यक्षेत्र जिल्लाभर बनाउन सुझाव दिए ।

कार्यक्रममा अध्यक्ष मोहन प्रसाद श्रेष्ठको बार्षिक, सचिव शंकर भण्डारीको सांगाठानीक, कोषाध्यक्ष विनोद पंन्थीको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीले गत आर्थिक बर्षमा ६ करोड रुपैयाको कारोवार गर्न सफल भएको छ । ७ सय ९८ जना शेयर सदस्य रहेको सहकारीले ३ करोड ३६ लाख ९१ हजार रुयैयाँ लगानी गरेको छ भने ३ करोड ४० लाख ७० हजार रुपैया बचत रकम संकलन गरेको छ । सहकारीले कृषिमा १८ लाख, व्यापारमा २ करोड ७५ लाख, घर जग्गा तथा घर निर्माणमा १३ लाख ८३ हजार, हायर पर्चेजमा ३० लाख २६ हजार रुपैया लगानी गरेको सहकारीले जनाएको छ ।

Comments
Loading...