मृर्गौला पीडित बादल रानाको उपचार सहयोगार्थ रकम हस्तान्तरण

0 202

धनबहादुर ठाडा । (निस्दी) पाल्पा
निस्दी गाउँपालिकाका मृगौला पीडित बादल रानालाई सहयोग रकम हस्तान्तरण गरिएको छ । निस्दी आवाज युवा सञ्जालले सामाजिक सञ्जाल मार्फत संकलन गरेको रकम हस्तान्तरण गरेको हो ।

अप्ठ्यारोमा हामी सँगसँगै अभियान मार्फत सञ्जालले बादल रानाको लागि जम्मा १३ लाख ४९ हजार ७ सय ७० रुपैयाँ संकलन गर्न सफल भएको छ । सहयोग रकम गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले रानाका बुवा भक्त बहादुर रानालाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्नुहुँदै अध्यक्ष सारुले स्थानीय सरकारले गर्न नसकेको काम निस्दी आवाज युवा सञ्जालले गरेकोमा खुसी व्यक्त गर्नुभएको छ । साथै सारुले बिरोधले मात्रै समस्या समाधान नहुने बताउनुहुँदै सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेको बताउनुभएको छ ।
यसरी सामाजिक सञ्जाल मार्फत धेरै ठूलो रकम संकलन गरेर रानालाई सहयोग पु¥याउनु हुने निस्दी आवाज तथा सबैलाई बालहित माध्यमिक विद्यालय सहलकोटका शिक्षक खुम बहादुर रानाले धन्यवाद व्यक्त गर्नुभएको छ । रानाको मृगौला प्रत्यारोपण गर्न घरमा आर्थिक अभाव रहेको शिक्षक रानाले बताउनुभएको छ ।

निस्दी गाउँपालिका – २ , सहलकोटका १८ वर्षीय बादल रानाको दुबै मृगौला फेल भई हाल गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल दायोलासिस सेन्टर बन्दीपोखरा पाल्पामा उपचाररत हुनुहुन्छ । बालहित माध्यमिक विद्यालय सहलकोटमा १२ कक्षामा अध्यनरत रानाको अन्य शारीरिक अवस्था सामान्य रहेको छ । सञ्जालका सल्लाहकार तथा अभियानका संयोजक अनुराग सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोम बहादुर सोमैले गर्नुभएको थियो ।

Comments
Loading...