मोटर जान थालेपछि रानीमहल पुग्ने पर्यटक बढे

0 126

कमल बस्याल । पाल्पा
दशैं सकिएसँगै रानीमहलमा जाने पर्यटकहरुको संख्या बढेको छ । तानसेन नगरपालिका १३ स्थित नेपालको ताजमहलबाट परिचित प्रेमको प्रतिक रानीमहलमा बाटोको सहजताले सहज रुपमा सवारी आवागमन हुने हँुदा पनि पर्यटकको संख्यामा बृद्धि भएको हो ।

तानसेनबाट १३ कि.मि उत्तरमा पर्ने रानीमहलमा वर्षाको कारण बिग्रिएका सडकको मर्मत भई पुर्ण रुपमा सडक सुचारु भएको छ । अहिले दैनिक ३ सयको हाराहारीमा पर्यटकहरु आउने बताउँदै शुक्रवार र शनिबार अझ धेरै भिड हुने अस्थायी प्रहरी बिट रानीमहलका प्रहरी जवान टीकाराम सिंजालीले बताए ।

पर्यटकका लागि अत्यन्तै आर्कषित कालीगण्डकी किनारमा रहेको रानीमहलमा असार, साउन र भदौमा बर्खाको कारण सडक बिग्रिएकाले पनि पर्यटकको सख्यामा कमि हुन पुगेको थियो । सडक मर्मत भएसंगै सहज रुपमा सवारीहरु रानीमहलमै लैजान सकिने डिभिजन सडक कार्यालयका ईन्जिनियर पवित्रमणि आचार्यले बताए । उनका अनुसार रानीमहलमा जाने १३ कि.मि सडकमध्ये ७ किलोमिटर सडक यसैबर्ष कालोपत्रे हुनेछ भने बाँकी सडक पनि ग्राभेल हुनेछ ।

Comments
Loading...