मोबाइल मर्मत तथा हाउस वाइरिङ तालिम सम्पन्न

0 233

पाल्पा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति पाल्पाको आयोजना तथा शिव इन्टिच्युट अफ मल्टि टेक्निकल एजुकेशन प्रा.लि. को प्राविधिक सहयोगमा सञ्चालन भएको निशुल्क ३ महिने मोबाइल र्ममत तथा १ महिने हाउस वायरिङ तालिम पाल्पामा सम्पन्न भएको छ ।

पाल्पा जिल्लाका २० जना बेरोजगार युवालाई दक्ष बनाउनको लागि तालिम सञ्चालन भएको हो । तालिम समापन समारोहमा जिल्ला युवा समितिका अध्यक्ष भोजराज पोखरेल(राम्जी), कार्यालय प्रमुख थानेश्मवर ज्ञवालीले आफू पनि बाच्ने र अरुलाई पनि जागिरको श्रृजना गर्ने गरि स्वरोजगार बन्नको लागि अनुरोध गरे

कार्यक्रममा सहभागि शिव गहतराज र शंकर कडेरीयाले अनुभव ब्यक्त गरे भने प्रशिक्षक युवराज शर्मा, सुरेश न्यौपाने , अम्विका पाठकले आआफ्नो धारणा राखेका थिए ।
प्रशिक्षक राजकुमार खड्काको स्वागत मन्तब्यमा सुरु भएको कार्यक्रममा संस्थाका निर्देशक कमल भट्टराईले सञ्चालन गरेका थिए ।

Comments
Loading...