मौलादेबी स्कुलको अध्यक्षमा सोती

0 54

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
मौलादेवी आधारभूत विद्यालय निस्दी ४, मित्याल मौलाथर पाल्पाको अभिभावक भेला बसेको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर सुतिको अध्यक्षतामा बसेको भेलाले आगामी ३ वर्षे कार्यअवधी रहने गरि पान बहादुर सोतीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिती र २ वर्षे कार्यअवधी रहने गरि मान बहादुर सोमैको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्बसहमतिबाट गठन गरेको छ ।


विद्यालयका शिक्षक देवीलाल ठाडाको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा मुख्य पाहुना निस्दी गाउँपालिका ४ नम्बर वडा मित्यालका अध्यक्ष न्यो बहादुर सुनारी , शिक्षा शाखा संयोजक नर बहादुर थापा , वडा सदस्य मन प्रसाद सोती लगायतले बोल्दै नवगठित समितिलाई कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए । भेलाको संचालन विद्यालयका प्रधानाध्यापक धन बहादुर ठाडाले गरेका थिए ।

Comments
Loading...