म्यादी प्रहरीमा भर्ना खुल्यो, जाने हैन त ?

0 131

पाल्पा ।  मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलेको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो ।

सरकारले ९८ हजार २ सय ६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिले मंगलबार देखि यही ३० गतेसम्म जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्नेछन् । नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।

५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभुत तलब १७ हजार २ सय ३० रुपियाका दरले ५५ दिनका लागि पारिश्रमिक, रासन र स्थानीय भत्ता पाउने व्यवस्था छ ।

Comments
Loading...