म पत्रकारकी श्रीमती !

0 45

रश्मि कडरीया

आज अचानक मेरा आँखा बैठक कोठाको भित्तामा सजिएको हाम्रो बिहेको मालामा टक्क अडियो । सितारा जडित रंगीन हरियो दुबोको मालाभित्र हाम्रो बिहेको कार्डमा, त्यसमा पनि अझै बेहुलाको नामसंगै लेखिएको पत्रकारमा । 

हाम्रो बिहे भएको एक दशक नै भएछ । बिहेको कार्डमा उहाँको नामसंगै पत्रकारको परिचय पनि जोडिएको थियो । दुलाहा पक्षको निमन्त्रणा कार्डमा मैले सुरुमा हाम्रो बिहेको कार्ड पढ्दा मलाई अनौठो  लागेको थियो । केटाको नामसंगै डाक्टर, इन्जिनियर, लेखेको थाहा थियो तर पत्रकार लेखेको न थाहा थियो न त कतै देखेकी नै थिएँ बिहेको कार्डमा । उहाँको आफ्नो बिहेको निमन्त्रणा कार्डमा नामसँगै पत्रकार राख्नु भएको थियो । 

पत्रकार पनि डाक्टर, इन्जिनियर भन्दा कुनै कम सम्मानित पद होइन रहेछ भनेर । पत्रकारिता आफैमा मर्यादित र सम्मानित पेशा, अनि पत्रकार सम्मानित पद रहेछ । आज मलाई पनि कताकता गर्वको महशुस भइरहेको छ पत्रकारकी श्रीमती  हुनुमा । 

आजसम्म कसैले यस्तो लेखेको छ कि छैन त्यो मलाई थाहा छैन । न त्यसअघि देखें न पछाडि नै देख्न पाएकी छु । त्यसैले होला म अचम्म अनि आश्चर्यमा परेको । जुन आज सम्झँदा पनि अझै अचम्म लाग्छ । उहाँ भने आफूलाई पत्रकार भनेर चिनाउन गर्व गर्नुहुन्थ्यो र छाती फुलाउनु हुन्थ्यो । उहाँ आफ्नो पेशाप्रति गौरवान्वित अनुभव गरिरहँदा मलाई भने कताकता अप्ठेरो महशुस भएको थियो त्यतिवेला । पत्रकार भनेर पनि किन लेख्नु पर्या होला लाजमर्दो कुरा ! डाक्टर, इन्जिनियर भए पो लेख्नु त भन्ने कुरा मनमा उथलपुथल भैरह्यो । आज बल्ल महशुस हुँदैछ र गर्दैछु म पत्रकारिता पेशा पनि कुनै पेशा भन्दा कम रहेन छ । पत्रकार पनि डाक्टर, इन्जिनियर भन्दा कुनै कम सम्मानित पद होइन रहेछ भनेर । पत्रकारिता आफैमा मर्यादित र सम्मानित पेशा, अनि पत्रकार सम्मानित पद रहेछ । आज मलाई पनि कताकता गर्वको महशुस भइरहेको छ पत्रकारकी श्रीमती  हुनुमा । 

उहाँले मलाई उतिबेलै भन्नुभाथ्यो बिहेको कार्डमा मैले पत्रकार लेखें भनेर तिमीले अप्ठ्यारो मान्नु पर्ने, लाज मान्नु पर्ने कुनै कुरा नै छैन । डाक्टरले लेख्न हुने, इन्जिनियरले लेख्न हुने, मैले किन नहुने ? मज्जाले हुन्छ किनकि पत्रकार मार्गदर्शक हो । समाजको ऐना हो । सरकार र जनता जोड्ने पुल हो । आवाजविहीनहरुको आवाज हो । राज्यको चौथो अंग हो । यति हो कि मैले पत्रकार र पत्रकारिता पेशा अरु जत्तिकै गर्व गर्न लायक पेशा हो भनेर गर्व गरे र स्थापित गर्न कार्डमा छाप्ने आँट गरे । उहाँ भन्नुहुन्छ कोही फलोअर हुन्छन् त कोही ट्रेण्ड सेटर मैले ट्रेण्ड सेटर बन्ने कोशिस गरेको हो । हामी पत्रकार पनि डाक्टर, इन्जिनियर भन्दा कम छैनौं मुलुकमा योगदान पुर्याउन।

मैले पत्रकार भनेर नराम्रो भन्न खोजेको त होइन। तर बिहेको कार्डमा पत्रकार लेख्दा मलाई चाहिं साच्चिकै नौलो र अप्ठेरो अनुभूति भयो त्यतिबेला । 

हामी पत्रकार सधै देश र जनताको सेवाका लागि अहोरात्र खटिन्छौं, घाम, पानी, भोक, तिर्खा केही नभनी २४ सै घण्टा अर्थात् रात दिन । सूचना संकलनका लागि जहाँ पनि पुगेका छौं र जुनसुकै अवस्थामा पनि जनतालाई निरन्तर सूचना प्रवाह गरिरहेका हुन्छौ । ठूला ठूला प्राकृतिक विपत्ति होस् वा महामारी नै किन नहोस् । अब तिमी आफै भन कसरी पत्रकार र पत्रकारिता सानो हुन सक्छ र लाज मान्नु पर्ने ? ती कुरा आज पनि मेरो मानस्पटलमा ताजै छ । मैले पत्रकार भनेर नराम्रो भन्न खोजेको त होइन। तर बिहेको कार्डमा पत्रकार लेख्दा मलाई चाहिं साच्चिकै नौलो र अप्ठेरो अनुभूति भयो त्यतिबेला । 

तर आज मलाई निकै नै महत्वपूर्ण र जिम्मेवार पेशा रहेछ भन्ने भान भइरहेको छ किनकि अहिले सारा संसार नोभेल कोरोना भाइरस अर्थात् कोभिड १९ को महामारीबाट आक्रान्त छ । मानिसहरु सशंकित र त्रसित बनेका छन् । बिश्वभर नै लकडाउन प्राय छ मानिसहरु घर भित्रै थुनिएर बसेका छन् । यस्तो महामारीको समयमा पनि आफ्नो ज्यानको बाजी लगाएर अहोरात्र आफ्नो जिम्मेवारी र कर्तव्यमा लागिपरेको देख्दा मलाई पत्रकारकी श्रीमती हुनुमा गर्व छ । मेरो श्रीमान् जस्तै हजारौं पत्रकारहरु घरपरिवार,  जहान बच्चा र आफ्नो ज्यान नभनी देश र जनताको सेवाको खातिर सूचना संकलन र सम्प्रेषण गर्नमा तल्लिन छन् । 

आज घरभित्र थुनिएका मानिसहरु खाना खाँदै, खाटमा पल्टिएर होस् वा सोफा तथा कुर्सीमा बसेर चियाको चुस्कीसंगै समाचार हेर्न, पढ्न र सुन्न पाएका छन् । कोभिड १९ संक्रमित कति पुगे ? संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?  कोभिड १९ रोकथामका लागि सरकारले के कस्ता पहल र प्रयास गरेको छ ?  कोभिड १९ बारे डाक्टरहरुको सुझाव सल्लाह के छ ? जस्ता आम जनताको जिज्ञासा मेटाउन हरदम लागि रहने पत्रकारकै कारण कोठा भित्रै सुरक्षित रहेर सुसचित हुने अवसर पाएका छन् आममानिसले । विश्वव्यापी महामारी कोभिड १९ बाट बच्न सबै कामकाज छोडेर घरमा नै थुनिएको अवस्थामा कोरोना संक्रमणको जोखिम मोल्दै समाचार सङ्कलन र सम्प्रेषण गर्ने, स्थलगतरुपमा पुगेर सत्य तथ्य जानकारी दिने ति पत्रकार साच्चि कै महान होइन र ? तिनलाई आफ्नो  ज्यानको पर्वाह छैन र ? यो रोग मलाई नै सर्ला भन्ने डर छैन होला र ? तर ती सबै कुरा भुलेर उनीहरु आफ्नो जिम्मेवारी र कर्तव्यमा कहिँ कतै विचलित नभइ अगाडि बढिरहेका छन् । 

डाक्टरले रोगीको उपचार गर्छन् भने पत्रकारले कलम मार्फत् जनताको पीडा लेख्छन् । सरकारलाई खवरदारी गर्छन् ।

हो । त्यसैले आज मलाई पत्रकार पनि महान् रहेछन् भन्ने अनुभूति भएको छ । डाक्टरले रोगीको उपचार गर्छन् भने पत्रकारले कलम मार्फत् जनताको पीडा लेख्छन् । सरकारलाई खवरदारी गर्छन् । जनता र सरकारबीच पुलको काम गर्छन् । सरकारका नीति नियम जनतालाई र जनताका समस्या सरकारलाई जानकारी गराउँछन् । साँच्चै यो सम्मानित र मर्यादित पेशा नै रहेछ । मुखमा माक्स र हातमा पञ्जा लगाएकै भरमा कहाँ कहाँ र कस्तो ठाउँमा जानु पर्छ त्यसको कुनै हरहिसाब नै छैन । 

अहिले नै केही पत्रकार, सुरक्षाकर्मी र चिकित्सक कोभिड १९ बाट संक्रमित भइसकेका छन् अझै अरु कति संक्रमित हुन्छन् यकिन छैन । तथापि  भूकम्प, बाढी, पहिरो, दुर्घटना वा महामारी जेसुकै किन नहोस् अग्रपंतिमा रहेर सही सूचना संकलन र संम्प्रेषण गर्न कहिल्यै चुक्दैनन् पत्रकार । चौबीसै घण्टा सचेत, जागरुक र चनाखो हुने यस्ता पत्रकारका कलमलाई जोकोहीले सम्मान गर्नैपर्छ । जटिल भन्दा जटिल परिस्थितिमा आफ्नो घरपरिवार बिर्सिएर आफ्नै ज्यानको समेत ख्याल नगरी बेपर्वाह लाग्ने चिकित्सक, सुरक्षाकर्मी,  सवारी चालक (एम्बुलेन्स, दमकल, खाद्यान्न, पेट्रोलियम) यी सबैको उचित सुरक्षा सामग्रीको प्रबन्ध गर्नैपर्छ । उनीहरुको मनोबल उच्च बनाउन र हौसला बढाउन प्रोत्साहनका प्याकेज, बिमाको प्रत्याभूति सरकारले दिलाउन सक्नु पर्छ । 

पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सक्नु पर्छ अनि मात्रै अग्रपंतिमा रहेर काम गर्नेहरु सुरक्षित हुन सक्छन् । अनि म जस्तै हजारौं, लाखौं नारीहरुले शिर ठाडो गरेर भन्ने छन् म डाक्टरकी, म सेनाकी, म प्रहरीकी, म इन्जिनियरकी, म अनि गर्वका साथ भन्छु  म पत्रकारकी श्रीमती । copy from hamrakura.com

Comments
Loading...