जव १० वर्षीया बालिका सानो भाईलाई काखमा राखेर धरधरी रोइन तव परदेशीको मन छोयो

0 491

गुल्मी सेवा समाज कतारको नेतृत्वमा चलेको सहयोग संकलन अभियानबाट १ लाख ५० हजार संकलन भइसकेको छ । अन्य सहयोगी ब्यक्तिहरुलाई समेत अध्यक्ष आचार्यले अपिल गरेका छन् । 

पाल्पा । मालिका गाउँपालिका वडा नं. ५ छाप गुल्मीका मृर्गौला पिडित १ वर्षिय बालक जक्सन गिरीको उचपारका लागि कतारमा रहेका गुल्मेलीहरुले सहयोग संकलन अभियान चलाएका छन् । बालक गिरीको दुबै मृर्गौलामा समस्या भएपछि उपचारका लागि आर्थिक अभाव भएको भन्ने समाचार बिभिन्न सञ्चारमाध्यममा आएपछि कतारमा रहेका गुल्मेलीहरुले सहयोग संकलन अभियान चलाएका हुन् ।

गुल्मी सेवा समाज कतारका अध्यक्ष झविन्द आचार्यको नेतृत्वमा कतारमा रहेका गुल्मेली, कतारमा रहेका बिभिन्न सहयोगी संघ संस्था र ब्यक्तिहरुबाट सहयोग संकलन कार्य अगाडि बढाएका हुन् । गुल्मी सेवा समाज कतारको नेतृत्वमा चलेको सहयोग संकलन अभियानबाट १ लाख ५० हजार संकलन भइसकेको छ । अन्य सहयोगी ब्यक्तिहरुलाई समेत अध्यक्ष आचार्यले अपिल गरेका छन् । जुन अभियानमा कतारमा रहेका बिभिन्न सहयोगी ब्यक्तित्व, सामाजिक ब्यक्तित्वहरु र संस्थाहरुले सहयोग गरेका छन् । 

अध्यक्ष आचार्यको नेतृत्वमा रहेको यो गुल्मी सेवा समाजले परदेशमा रहेर पनि गुल्मेलीहरुको सुख दुखमा साथ दिदै आएको छ । बाढी पहिरो पिडित, मुटु रोगी मृर्गौलाका बिरामी लगायतलाई सहयोग गर्दै आएको छ । त्यस्तै कतारमा पनि बिभिन्न कारणले समस्यामा रहेका गुल्मेलीहरुलाई यो समाजले सहयोग गर्दै आएको छ । मृर्गौला पिडित बालक गिरीको उपचारमा अहिलेसम्म ३ लाख खर्च भईसकेको र परिवारको अर्थिक अबस्था निकै दयनीय रहेकोले थप उपचारका लागि समस्या भएपछि बालककी आमाले सहयोगको लागी सबैलाई आग्रह गरेकी छन् ।

Comments
Loading...