यस्तो पो नेपाली मन, जसले बिदेशबाट ब्रेन ट्युमरका बिरामीलाई उपचार खर्च पठाए

0 146

पाल्पा । आर्थिक अभावमा उपचारमा समस्या भएर काठमाडौंको वीर अस्पतालमा छट्पटाइरहेका एक पाल्पाली युवाको उपचारको लागि अमेरिकामा रहेका पाल्पालीहरुको नेतृत्वमा रकम सकलन गरि उपलब्ध गराएका छन् ।


बगनासकाली गाउँपालिका ८ बराङदी घिउसीबासका व्रेन ट्युमर पीडित ३५ वर्षीय हरि भुसाललाई बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको पहलमा अमेरिकामा रहेका युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।


बगनासकाली गाउँपालिका ९ घर भई वैदेशिक रोजगारीको शिलशिलामा हाल अमेरिकामा रहेका विष्णु बस्याल, रामप्रसाद बस्यालको नेतृत्वमा आर्थिक संकलन गरि पठाइएको हो । नेपाली युवाहरु मिलेर दुई लाख एक हजार सात सय ७३ रुपैयाँ सहयोग गरेका छन् ।

भुसालको उपचारको लागि बगनासकाली ९ घर भइ हाल अमेरिकामा रहेका बिष्णु प्रसद बस्यालले अमेरिकी डलर २२०, सोही ठाउँका भिमलाल बस्यालले १०८, सोही ठाउँका रामप्रसाद बस्यालले १२०, सोही ठाउँका तिलकराम बस्यालले १२० उपलब्ध गराएका छन् ।
त्यस्तै स्याङजाका राज भट्टराइले १००, काठमाण्डौका सुदिप कृष्ण तिवारीले १००, बलबिरसि बिष्टले १००, बगनासकाली ९ की कमला अर्यालले १००, काठमाण्डौका अमृत भट्टराइले १०१, बिर्घा स्यांगजाका अनिल पाण्डेले १००, पोखराका अर्जुन गिरीले ५१, पाल्पा छेर्लुंगका थानेश्वर भट्टराइले ५१, सुस्ता नवलपरासीका गोपाल खनालले ५१, गोरखाका नारायण भट्टले १०१, दाङका मधु रजेरियाले ५०, बनेपाका शरण श्रेष्ठले ५०, काठमाण्डौका श्याम सन्त्यालले ५१, दांगका मुकेश पाण्डेले २०, नवलपरासीका गोविन्द अधिकारीले ५०, पाल्पाका सुर्य भण्डारीले २०, बिर्घा स्यांगजा सबु पाण्डेले ३० सोही ठाउँकी रेनुका पाण्डेले १०, नवलपरासीका केशव उपाध्यायले २०, छेर्लुग पाल्पाका शिवलाल भट्टराइले ५१, बिर्घाका लक्ष्मण पाण्डेले २०, दाङका श्रीधर पाण्डेले १०, सोही ठाउँका जीवन डागीले २०, टिका गौतमले ५, स्याङजाका घनश्याम पाण्डेले ३० र स्याङजाकै लक्ष्मण भटटराइले २० अमेरिकी डलर उपलब्ध गराएका थिए ।


उक्त रकम बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल मार्फत उपलब्ध गराइएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट पाँच हजार, क्राउन होटल तानसेनकी सञ्चालिका ज्ञानु कार्कीबाट चार हजार गरी जम्मा दुई लाख १० हजार सात सय ७३ रुपैयाँ सहयोग भएको हो । भुषालको उपचारमा आर्थिक अभाव भएको थाह भएपछि गाउँपालिका अध्यक्ष बस्यालले विदेशमा रहेका नेपालीहरुसँग सहयोगको पहल गरेका थिए । संकलित रकम गाउँपालिकाका अध्यक्ष बस्याल र होटल सञ्चालक कार्कीले काठमाडौं पुगेर विरामी पीडितका परिवारलाई विहिबार हस्तान्तरण गरेका छन् ।


विरामी परेर बेडमा छटपट्याई रहेको देख्दा र सुन्दा आँसुनै आयो र थोरै भएपनि उपचारमा सहयोग होस भनेर बैदेशिक रोजगारमा रहेका दाजुभाईहरुसँग सक्दो सहयोग संकलन गरी सहयोग गरेको अध्यक्ष बस्यालले बताए । रकम वुझेपछि पीडितका परिवारले आपतको वेला सहयोगको पहल गर्ने अध्यक्ष बस्याल र बदैशिक रोजगारमा रहेका अन्य सहयोगी मनहरुलाई धन्यवाद दिएका छन् ।

Comments
Loading...