यस्तो पो पाल्पाली मनः जसले पठाए परदेशबाटै जन्मभुमिमा मास्क र साबुन

0 44

राजा बगर । (दुवई)
पाल्पाली समाज युएईले आफ्नो गृह जिल्लामा नगरपालिकाहरु तथा गाउँपालिकाहरुमा मास्क र साबुन उपलब्ध गराएको छ । कोरोना संक्रमणबाट जोगाउन सहयोग गर्ने उद्देश्यले मास्क र हात धुने साबुन जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाहरुमा हस्तान्तरण गरियो ।


उक्त सामग्रीहरु केही समय अगाडि नै वितरण गर्ने योजना भए पनि लकडाउन र प्रतिकुल मौसमका कारण ढिला भएको पाल्पाली समाज, क्षेत्रीय समितिका अध्यक्ष तथा राहत वितरण कोषका सयोजक कृष्ण प्रसाद तिमल्सिनाले बताए ।


रामपुर नगरपालिकालाई ८ सय तथा तानसेन नगरपालिकालाई सात सय मास्क, निस्दी गाउँपालिका, पुर्व खोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागडी गाउँपालिका, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाहरुमा २ सय ६८ वटाका दरले सावुन वितरण गरिएको पाल्पाली समाजले जनाएको छ ।

Comments
Loading...