यस्तो पो पाल्पाली मन, तन परदेशमा मन स्वदेशमा

0 112

पाल्पा । केही धन कमाएर आफ्नो परिवारलाई सुखसित राख्ने सपना बोकेर बैदेशिक रोजगारीका लागि कतार पुगेका पाल्पालीहरुले आफ्नो जन्मभुमिलाई बिर्सेका छैनन् भन्ने कुराको उदाहरण पेश गरेका छन् । कतारमा रहेको पाल्पालीहरुको संस्था पाल्पाली सेवा समाज दोहा कतारले दमकडा नमूना माध्यमिक विद्यालय तानसेन नगरपालिका ९ दमकडामा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुका लागि अक्ष्यकोष स्थापना गरेको छ ।

समाजले १ लाख १ हजार १ सय ११ रुपियाँको अक्ष्यकोष स्थापना गरेको हो । संस्थाका पूर्व अध्यक्ष यम बहादुर बि.क. अर्का पुर्व अध्यक्ष भरत बहादुर खत्री, कृष्ण सारु लगायत समाजका प्रतिनिधिहरुले एक कार्यक्रमका उक्त रकम विद्यालयका प्रधानाध्यापक मोहन सापकोटालाई हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै समाजका पुर्व अध्यक्ष यम बहादुर बिकले विदेशमा रहेर पनि पाल्पालीहरुले रचनात्मक काम गर्दै आएको र पाल्पालीका लागि अप्ठेरोका बेला सारथी बनेको बताए । विद्यालयका प्रअ सापकोटालाई सहयोगीप्रति धन्यवाद ब्यक्त गरे । उनले दृष्टिबिहिन विद्यार्थीहरु पनि आफ्ना छोराछोरी नै भएकोले उनीहरुको उचित शिक्षाका लागि संस्थाले यसप्रकारको अभियान चलाएको बताए ।

रोजगारीको सिलसिलामा दोहामा रहेका पाल्पालीहरु सन् २००७ मा संगठित भएका थिए । उनीहरुले यो संस्था मार्फत जिल्ला स्तरमा रचनात्मक अभियान चलाएका छन् । पाल्पालीहरुको सुख दुःखमा यो समाज सँगै रहेको छ । दृष्टिबिहीन विद्यार्थीका लागि छात्रबृत्तिको अभियान संस्थाका निवर्तमान अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार लिलम चिदी मगरले सुरुवात गरेका थिए । हालका अध्यक्ष इश्वर काफ्ले, प्रथम उपाध्यक्ष महल बहादुर क्षेत्री, द्धितिय उपाध्यक्ष हेम बहादुर बगाले, महासचिव दुर्गा अधिकारी, सचिव रामलाल खाती, कोषाध्यक्ष मिन बहादुर सारु, सहकोषाध्यक्ष ढकेश्वर भण्डारी, सदस्यहरु गिरीराज बस्याल, सरोज गौडेल, धन बहादुर गाहा, सन्तोष काफ्ले, रामचन्द्र पाठक, पोषराज भट्टराई, गणेश बिक, धिरज पछाई, आल बहादुर गाहा, पदम श्रेष्ठ, निरज भट्टराई, दामोदर पाण्डे, प्रमुख सल्लाहकार लिलम चिदी मगर, सल्लाहकारहरु पृथ्वी कनौजे, रमेश कनौजे मिडिया कोअर्डिनेटर तथा सल्लाहकार कृष्ण सारु लगायतको सहभागिता तथा क्रियाशिलता तथा सहयोगमा यो अभियानले सार्थकता पाएको थियो ।

उक्त छात्रबृचि हस्तान्तरण कार्यक्रममा दृष्टिबिहीन शाखाका संस्थापक राधाकृष्ण शर्मा, पत्रकार महांघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, पत्रकारहरु माधव अर्याल, यज्ञमूर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, कमल अधिकारी, दयाराज न्यौपाने, नेत्र गैरे सहित विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । यो विद्यालय जिल्लामै नमुना विद्यालयको रुपमा रहेको छ । कार्यक्रमको संचालन विद्यालयका शिक्षक धनपति गैरेले गरेका थिए ।
समाजले जिल्लामा मृर्गौला पिडित, भुकम्प पिडित लगायतका क्षेत्रमा हरेक समय सहयोग गर्दै आएको छ । संस्थाले यसअघि केही महिना अघि जिल्लाका ५ वटा विद्यालयमा गरिव तथा विपन्न समुदायका विद्यार्थीहरुलाई १ लाख १५ हजार रुपियाँ बरावरको झोला वितरण गरेको थियो ।

Comments
Loading...