यस्तो पो पाल्पाली मन

0 159

दोहा कतार । बगनासकाली गाउँपालिका घर भई ४ महिना पहिला मात्र जीविकोपार्जनका लागि कतारको दोहा कतार शहर पुगेका प्रेम बहादुर गाहा चार महिना देखि कम्पनीका आन्तरिक समस्याका कारण बेरोजगार भएको र खाना बस्न देखि भिसाको म्याद समेत सकियो ।

म्याद भन्दा बढी बसेको खण्डमा ओभर स्टे पेनाल्टी पनि स्वयंले प्रेम बहादुरले भरपाई गर्नु पर्ने बाध्यात्मक परिस्थिति आईपरेको कारण पाल्पाली सेवा समाज कतारले पिडित प्रेम बहादुर गाहालाई सहयोग गरेको छ ।
पाल्पाली सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, उपाध्यक्ष हेम बहादुर बगाले, सचिव रामलाल खाती र सक्रिय सदस्य धिरज पछाईको उपस्थितिमा पिडित गाहालाई नेपाल आउनको लागि हवाई टिकटको रकम हस्तान्तरण गरिएको छ ।

 

 

 

Comments
Loading...