यस वर्ष तानसेनमा कुनै पनि जात्रा नलाग्ने

0 1,239

चुरामणी तिमिल्सिना

कोरोना त्रासका कारण यस वर्ष तानसेनमा कुनै पनि जात्रा नलाग्ने भएको छ । आइतबार बसेको स्थानीय प्रशासन, सुरक्षा निकाय,जनप्रतिनिधि, गुठीयार सहित जात्रासित सरोकार राख्ने ब्यक्ति तथा संस्थाहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
तानसेनमा गाठेमंगलको दिन देखि भगवती जात्रासम्म हरेक दिन जात्रा लाग्ने गर्दथ्यो । यस बर्ष कुनै पनि जात्रा नगर्ने निर्णय भएको तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले बताए ।

यसबाट साउन २८ गते परेको भगवती जात्रासमेत प्रभावित भएको छ । बाहिर ठुलो रुपमा नगरिएपनि मन्दिरभित्रै परम्परा कायम राख्ने गरि रथयात्रा हुने भगवती गुठीले जनाएको छ ।

फोटो फाइल भगवती रथयात्रा पाल्पा

Comments
Loading...