युएईमा खुत्रुकेमा रकम संकलन गरी व्रेन ट्युमर बिरामीलाई सहयोग

0 153

दयाराज न्यौपाने । पाल्पा
आर्थिक अभावमा उपचारमा समस्या भएर काठमाडौंको वीर अस्पतालमा उपचार भैरहेका बगनासकालीका युवाको उपचारको लागि युएईमा रहेका पाल्पालीहरुको नेतृत्वमा रकम संकलन गरि उपलब्ध गराएका छन् ।


बगनासकाली गाउँपालिका ८ बराङदी घिउसीबासका व्रेन ट्युमर बिरामी ३५ वर्षीय हरि भुसाललाई हरी बचाउँ अभियानको पहलमा युएई दुवईमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।
बगनासकाली गाउँपालिका ९ घर भई वैदेशिक रोजगारीको शिलशिलामा हाल दुवईमा रहेका तिलक राम बस्याल, राजु बस्याल र ईश्वरी प्रसाद बस्यालको नेतृत्वमा एक लाख पचास हजार रुपैयाँ आर्थिक संकलन गरि पठाइएको हो ।


उक्त रकम समाजसेवी कृष्ण प्रसाद भुषाल र राम प्रसाद बस्याल मार्फत उपलब्ध गराइएको हो । भुसालको उपचारको लागिबगनासकाली ९ घर भइ हाल युएईमा रहेका तिलकराम बस्याल सोही ठाउँका राजु बस्याल,ईश्वरी बस्याल,कालिदाश बस्याल,रमेश बस्याल,कृष्ण बस्याल, खहरेखोलाका दिपक तिमिल्सेना, बगनासकाली ७ खानीगाउँ घर भइ हाल युएईमा रहेका माधव गैरे बगनासकाली ८ घर भइ हाल युएईमा रहेका कृष्ण बस्याल लगाएतबाट उक्त रकम संकलन गरि पठाइएको हो ।


संकलित रकम स्थानिय समाजसेवी र पत्रकार सहित दुवई समितीका सदस्य कालिदाश बस्यालले बगनासकाली ८ बराङ्दी घिउसीबासमा पुगेर विरामी पीडितका परिवारलाई विहिबार हस्तान्तरण गरेका छन् ।


विरामी परेर बेडमा छटपट्याई रहेको देख्दा र सुन्दानिकै देख लाग्यो र थोरै भए पनि उपचारमा सहयोग होस भनेर बैदेशिक रोजगारमा रहेका दाजुभाईहरु सँग खुत्रुके रकम संकलन गरी सहयोग गरेको रकम संकलन समितीका संयोजक तिलकराम बस्यालले बताए । रकम वुझेपछि पीडितका परिवारले आपतको वेला सहयोगको पहल गर्ने अध्यक्ष बस्याल र बदैशिक रोजगारमा रहेका अन्य सहयोगीमनहरुलाई धन्यवाद दिएका छन्


हाल सम्म अमेरीकाबाट दुई लाख १ हजार रुपैया, कोरीयाबाट एक लाख ३ हजार रुपैया,दुवई बाट १ लाख ५० हजार रुपैया, बुटबल क्षेत्रबाट ६१ हजार रुपैया र स्थानियहरबाट १ लाख २०हजार रुपैया गरी ६ लाख बढी रकम संकलनभएकोर उपचारमा सहयोग मिलेको तथा आर्थिक सहयोग जुटाउन पहल गर्ने संचारकर्मी तथा सम्पुर्ण सहयोगी मनहरुलाई भुषालका संरक्षक मोतिलाल बस्यालले धन्यबाद दिए ।

Comments
Loading...