युएईमा ५ महिनामा १ सय १० नेपालीको मृत्यु

0 210

राजा बगर । (युएई)
करिव ५ महिनाको अवधिमा युएईमा १ सय १० जना नेपालीहरुले ज्यान गुमाएका छन् । प्राकृतिक, आत्माहत्या, हत्या, दुर्घटना कोरोना र अन्य कारणबाट १ सय १० जना नेपालीको निधन भएको नेपाली दुतावास अबुधावीले जनाएको छ ।

जसमध्ये २६ वटा शव नेपाल पठाइसकेको, ४ वटा शव नियमित उडान नहुदा नेपाल पठाउन नसकेको र उडान खुलेपछि शव नेपाल पठाउने तयारी अबस्थामा रहेको साथै ६९ वटा शव युएईमै दाहसंस्कार गरिसकेको र ११ वटा शव छानबिनको प्रक्रियामा रहेको दूतावासले जनाएको छ । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र ३५ जना पुरुष छन् ।

२८ अप्रिल देखि दुतावासले स्वदेश फिर्ता हुन चाहनेहरुका लागि अनलाइन फम संन्चालनमा ल्याएको थियो । अनलाइन मार्फत ४२ हजार नेपालीहरुले नेपाल फिर्ता हुन इच्छा ब्यक्त गरेका छन् । जसमध्ये ११ अगस्टसम्म ८२ वटा उडान मार्फत १३ हजार ७ सय ८५ जना नेपाल फर्किसकेका छन् ।

नियमित उडान नहुदा युएईमा जागिर गुमाई खान बस्न समेत समस्या भएका मजदुरहरु धेरै छन् । उनीहरु घर फर्कने आशमा दिन गुजारिरहेका छन् ।

Comments
Loading...