रक्तदान जीवन दान

0 367

प्रबेश पन्थी । तानसेन
रोट्याक्ट क्लव अफ पाल्पा तानसेनको आयोजनामा तानसेनको त्रिभुवन वहुमुखी क्याम्पस लहरेपिपलमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रम विगतका वर्षहरु देखीनै राष्टभरी नै विभिन्न रोट्याक्ट क्लवहरुले गर्दै आएका थिए । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए र २७ जना रोट्याक्टरहरुको सहभागी रहेको थियो । कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष मुनेषरत्न गुुभाजुले विगतको तुलनामा रक्तदान गर्नेको संख्यामा बृद्धि भएको हो र यस कार्यबाट जुनसुकै व्याक्तीलाई रगतको आवश्यकता परेमा तुरुन्त उपलव्ध गराउने सकिने भएकोले हामी यस कार्यक्रम विगतमा जस्तै गर्दै आईरहेको वताए ।

त्यस्तै गरी रोटरी क्लव अफ पाल्पा तानसेनको चार्टर सेक्रेटरी बुद्धि प्रसाद शर्माले पनि रक्तदान नै जिवन दान हो भन्दै रक्तदान गर्नुु आफ्ना लागि मात्रै नभएर अरुका लागि समेत राम्रो हुन्छ । रगत नै जीवन हो यो मानव विना संभव छैन रगतहरु दान गरी रहदा मानिसमा पूनः नयाँ रगतहरु उत्पाईदन भईरहेमा जीवन स्वस्थ रहने र अरुको जीवन उद्धारको लागि पनि सहयोग पुग्ने भएकाले यस्तो पुन्य काम गरी क्लव धन्यवादको पात्र वनेको जानकारी गराए । कार्यक्रममा ज्ञानेन्द अटो वक्र्सका सञ्चालक तथा क्लवका पूर्व अध्यक्ष समेत रहेका विवेककाजी शाक्यले यस्तो कार्यक्रम गर्दै गएमा आगामी दिनहरुमा पनि आवश्यक अनुसारको सहयोगहरु गर्दै जाने वताए । रक्तदातालाई आगामी दिनमा समेत यस्तै काम गरी सहयोग गर्नका लागि हौषला प्रदान होस् भनेर प्रमाण पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष तुल्सी प्रसाद काफ्नेको अध्यक्षता र सञ्चालन क्लवका सचिव विनोद भारतीले गरेका थिए ।

Comments
Loading...