रम्भाका प्रधानाध्यापक तथा लेखापालको लागि लेखा व्यवस्थापन तालिम

0 218

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाका प्रधानाध्यापक तथा लेखापालहरुको लागि आधारभूत लेखा व्यवस्थापन तालिम शुरु भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको आयोजनामा तालिम संचालन गरिएको हो ।

तालिममा लेखा पालको अवधारणा, विद्यालयको बजेट तर्जुमा प्रक्रिया, विद्यालय अनुदान व्यवस्था, विद्यालयमा गरिने खरिद प्रक्रीया, सामानको दाखिला लगायतका विषयमा सिकाईएको छ । तालिम उद्घाटन कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षा विकास तथा समन्वय इकाइले रम्भा गाउपालिकाका प्रधानाध्यापकहरुको क्षमता बृद्धिको लागि संचालन गरिेएको तालिमले सिंगो गाउपालिकाको शैक्षिक व्यवस्थापनमा सहयोग गर्ने बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेलले समय सान्दर्भिक सम्बन्धित प्रधानाध्यापक तथा लेखापालको क्षमता विकासको तालिम संचालन गरिएको बताए । तालिममा शिक्षा प्रमुख रेशमराज पौडेल, प्राविधिक सहायक बमबहादुर थापाले सहजीकरण गरेका छन् । तालिममा रम्भा गाउपालिकाका प्रधानाध्यापक तथा लेखापालगरि २३ जनाको सहभागीता रहेको छ । तालिम रम्भा मावि ताहुमा संचालन गरिएको हो ।

Comments
Loading...