रम्भाका शिक्षकलाई कम्प्युटर तालिम

0 184

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाका शिक्षकहरुको लागि आधारभूत कम्प्युटर हार्डवेयर तालिम शुरु भएको छ ।

रम्भा गाउँपालिका शिक्षा शाखाको आयोजना तथा एभरेष्ट कम्प्युटर तानसेनको प्राविधिक सहयोगमा तालिम चलाईएको हो । गाउँपालिका भित्रका आधारभूत तह तथा माध्यमिक तहका कम्प्युटर शिक्षकहरुको लागि संचालन गरिएको २ दिने तालिममा एभरेष्ट कम्प्युटर तानसेनका जीवन आचार्यले सहजीकरण गरेका छन् ।

तालिम उद्घाटन कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आजको युगमा कम्प्युटर ज्ञान अनिवार्य र अपरिहार्य भईसकेकोले कम्प्युटर शिक्षकमा केही भए पनि दक्षता बृद्धि होस भनेर गाउँपालिकाले तालिम संचालन गरेको बताए । एभरेष्ट कम्प्युटरका निर्देशक गुराँस आत्रेयले छोटो समयको तालिम भए पनि आधारभूत अत्यावशकीय ज्ञान दिईने जानकारी गराए ।

शिक्षा शाखा प्रमुख गुनाराम खनालले कम्प्युटर शिक्षकले कक्षा कोठा र कम्प्युटर ल्याबमा भोग्नु परेका समस्या सुल्झाउन तालिमले सहयोग गर्ने बताए । तालिममा असेम्बल्ड कम्प्युटरमा धेरै देखिने समस्या समाधान, कम्प्युटरको सही फाईल व्यवस्थापन लगायतका विषयमा सिकाईएको छ । तालिममा रम्भा गाउँपालिका भित्रका १४ जना कम्प्युटर शिक्षकहरुको सहभागीता रहेको छ ।

Comments
Loading...