रम्भाका सबै वडा कार्यालयमा इन्टरनेट

0 139

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटमा ईन्टरनेट जडान गरिएको छ । ईन्टरनेट जडान भएपछि कार्यालय संचालन तथा सूचना प्रविधिमा सुविधा पुगेको वडा सचिव भक्तु जङ्ग रानाले बताए ।

रम्भा गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप वडा कार्यालयमा ईन्टरनेट जडान गरिएको हो । ईन्टरनेट जोड्न गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । फोक्सिङ्गकोटमा ईन्टरनेट जोडिएपछि रम्भा गाउँपालिकाको सबै वडा ईन्टरनेटको पहुँचमा पुगेको छ ।

Comments
Loading...