रम्भामा शिक्षक सेवा आयोगका लागि तयारी कक्षा संचालन

0 29

पाल्पा । शिक्षक सेवा आयोगमा खुलाईएको विज्ञापनमा आबेदन दिएका आबेदकहरुको लागी रम्भा गाउपालिकाले तयारी कक्षा सञ्चालन गरेको छ ।
गाँउपालिकाका यूवाहरुलाई सरकारी जागीर प्राप्त गर्न सजिलो होस् भनेर जिल्लाबाट उत्कृष्ट शिक्षकहरुलाई गाउपालिकामा बोलाएरु तयारी कक्षाको व्यवस्था गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीले बताए ।

रम्भा गाउपालिकाको खोकखोलामा भएको शिक्षक सेवा तयारी कक्षाको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले अहिले शिक्षक सेवा आयोगले ठुलो संख्यामा विज्ञापन खुलाएको र त्यसमा आफ्नो गाउँपालिकाका धेरै जना स्थायी हुन सफल हुने अपेक्षा सहित यो कार्यक्रमको आयोजना गरिएको बताए ।

रम्भा गाउँपालीका बाट यस वर्ष एक सय पचास जना भन्दा बढि यूवाहरुले शिक्षक सेवाको विभिन्न तहमा परीक्षा फारम भरेका छन् । कार्यक्रममा सहभागी तथा परिक्षार्थी कृष्ण प्रसाद अर्यालले गाँउपालिकाले गाँउमै प्रशिक्षक बोलाएर कक्षा सञ्चालन गरेकोमा धन्यबाद दिदै आफुहरुले तयारी गरिरहदा बिभिन्न पुस्तकमा फरक फरक तथ्याङ्क भएकाले अलमलिएको र विषयगत उक्तरहरु लेख्नेकलाको बारेमा स्पष्ट पारिदिन प्रशिक्षक राम प्रसाद ढकाल संग आग्रह गरेका थिए ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकालले कार्यपालिका बोर्डले गरेको निर्णय अनुसार कार्यक्रमको आयोजना गरिएको र यसको भरपुर फाईदा उठाउन परिक्षार्थीलाई आग्रह गरे ।

कार्यक्रममा तयारी कक्षा संयोजन सस्था एभरेष्ट एजुकेशन कन्सल्टेन्सी पाल्पा प्रालिका अध्यक्ष गुरास आत्रेयले हामि शिक्षा र शिक्षणको दिगो बिकासको लागी शिक्षकको स्थायित्वको पक्षमा रहेकाले शिक्षकको पक्षमा गाउँपालिका संग समन्वय गरेर कार्यक्रम गरेको बताए ।
कक्षामा बस्तुगत र बिषयत दुवै कक्षा सञ्चालन हुने मुख्य प्रशिक्षक राम प्रसाद ढकालले बताए । तयारी कक्षा उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षता र कर्मचारी रुकलाल भट्टराईको सञ्चालनमा चलेको थियो । तयारी कक्षा सोमवारसम्म चल्नेछ ।

Comments
Loading...