रम्भाले गर्यो २० लाख रकमान्तरको निर्णय

0 201

पाल्पा । चालु आर्थिक वर्ष अन्र्तगत अव ३ महिनामात्रै बाँकी रहँदा जिल्लाका बिभिन्न स्थानीय तहहरुले कोरोना भाइरस र त्यसको ब्यवस्थापनका लागि प्रकोप ब्यवस्थापन कोषमा रकमान्तर सुरु गरेका छन् । रम्भा गाउँपालिकाले विभिन्न शिर्षकको २० लाख रुपियाँ स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा रकमान्तर गरेको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए ।


आर्युवेद औषधालय निर्माणको ४ लाख, जडिबुटी संकलन तथा प्रर्वद्धनको १ लाख, सूचना प्रविधि व्यवस्थापनको २ लाख, रिमिघा महोत्सवको ६ लाख, लोक सेवा तालिमको २ लाख, उत्पादनमा आधारित अनुदान व्यवस्थापनको ५ लाख गरी जम्मा २० लाख रुपियाँ रकमान्तर गर्ने निर्णय भएको उनले बताए ।


अध्यक्ष भण्डारीले चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने वजेटलाई प्रकोप व्यवस्थापनमा लगाउने निर्णय भएको बताए । पालिकाले पहिलो चरणमा छुटेकाहरुलाई तत्कालै दोस्रो चरणको राहत बितरण अगाडि बढाउने उनले बताए ।

Comments
Loading...