रम्भा कांग्रेसका सभापति अशोक फाल एमालेमा प्रवेश

0 3,959

पाल्पा । नेपाली कांग्रेश रम्भा गाउँपालिका सभापती अशोक फाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेपाली जनताको पार्टी एमालेनै रहेकोले जनताको सेवा एमाले पार्टी संगठनवाट मात्र सम्भव रहेकोले एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

सुरुमा राजनीतिक यात्रा एमालेबाटै गर्नुभएका फालले २०५३ सालमा विविध कारणले माओवादीमा प्रवेश गर्नुपरेको र पछि कांग्रेशमा रहेर पाटीको हितमा क्रियाशिल रहेको बताउनुभयो । उहाँले आफुलाइ भन्दा नयाँ पुस्ताको आर्थिक सम्वृद्धि र कार्यक्रकर्ता को व्यवस्थापनमा पाटी नलाग्ने अनि गुटउपगुटका वहानामा गरेको विभेदका कारण कांग्रेश छाड्नु परेको बताउनुभयो ।

उहाँले कांग्रेसमा रहेका केहि नेताको दम्भको राजनीतिले पुरानै घरमा फर्कन पाउदाँ आफुलाई खुसी लागेको बताउनुभयो । उहाँले जनताको जनभावना अनुसार काम अगाडि बढाउने समेत रम्भावासीलाई प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...