रम्भा गाउँपालिकाका शिक्षकलाई कम्प्युटर तालिम

0 197

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुको लागि आधारभूत कम्प्युटर तालिम शुरु भएको छ । पिपलडाँडाको रकमा देवी आधारभूत विद्यालयमा संचालित ३ दिने तालिममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर सम्बन्धी आधारभूत सीप सिकाईएको छ ।

तालिममा माईक्रोसफ्ट वर्ड, पावर पोईन्ट, एक्सेल, प्रिजेन्टेशन, डकुमेन्ट प्रिन्टङ्ग, स्क्यानिङ्ग, कम्प्युटर फरम्याट लगायतका विषयमा सिकाईएको छ । रम्भा गाउँपालिकाको आयोजनामा संचालित तालिममा रम्भा गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक तथा श्रोत व्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण गरेका छन् ।

गतालिम उद्घाटन कार्यक्रममा रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, रम्भा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष थमनबहादुर गाहा, शिक्षा शाखा प्रमुख गुणाराम खनाल लगायतले शिक्षकहरुलाई समय सापेक्ष अद्यावधिक बनाई राख्न तालिमको आयोजना गरिएको र तालिमबाट भरपूर सीप सिक्न आग्रह गरे ।

तालिममा रम्भा गाउँपालिकाका हुँगी, फोक्सिङ्गकोट तथा पिपलडाँडाका २६ जना शिक्षक तथा प्रधानाध्यापकहरुको सहभागीता रहेको छ । यस अघि गाउँपालिकाले रम्भा गाउँपालिकाको ताहुँ तथा हुमीनका शिक्षकहरुको लागि हुमीनमा पनि ३ दिन कम्प्युटर तालिम संचालन गरेको थियो ।

Comments
Loading...