रम्भा गाउँपालिकामा एकल महिलालाई बाख्रा वितरण

0 52

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाका एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत रम्भा गाउँपालिकाको फोक्सिङ्गकोट र हुँगीका १२ जना एकल महिलाहरुलाई दुईदुईवटाका दरले पशु वितरण गरिएको हो ।

बाख्रा वितरण कार्यक्रममा भौतिक दुरी कायम राख्दै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ग्रामीण जीवन यापन गर्ने महिलाहरुको जीवनस्तर उकास्न ल्याईएको कार्यक्रमले एकल महिलाहरुको आर्थिक अवस्था उकास्न मद्यत पुग्ने बताए । कार्यक्रममा एघार जना महिलालाइ २२ वटा बाख्रा तथा एक जना महिलालाई २ वटा बंगुरको पाठा वितरण गरिएको थियो । घरेलु पशुलिने महिलाले एक वर्ष पछि एउटा फिर्ता गरि अर्को वर्ष पुनः अर्कै महिलालाई प्रदान गर्दै लैजाने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । कार्यक्रमलाई रम्भा गाउँपालिकाको सबै वडाको टोल वस्तीमा पु¥याउने कार्यक्रम रहेकोछ ।

Comments
Loading...