रम्भा गाउँपालिकामा तरकारी राम्रो फलाउने बिद्यार्थीलाई बढी नम्बर

0 575

पाल्पा । रम्भा गाउँपालिकामा विद्यार्थी हरूलाई आफुलाई आवश्यकता पर्ने कुराहरूमा आफै आत्मनिर्भर हुनुपर्छ भन्ने भावना जगाउने उद्देश्यका साथ गाउपालिका भित्रका सामुदायिक विद्यालयमा “विद्यार्थीस“ग करेसाबारी” कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम जिल्लामै नौलो कार्यक्रम हो । जसका कारण शिक्षक, बिद्यार्थी र अभिभावक उत्साही भएका छन् ।

गाउपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी ले बिद्यार्थीलाई आफै उत्पादन गरेर खानु पर्छ भन्ने भावनासँगै श्रम प्रतिको सम्मान झल्काउन तथा अविभावकलाई सघाउन भन्ने उद्देश्य रहेको बताए ।

रम्भा गाउ“पालिकाको अभियान बिद्यार्थीसग करेसाबारी कार्यक्रममा १६ वटा सामुदायिक बिद्यालयका २ हजार १ सय १४ जना कक्षा ६–१२ सम्मका बिद्यार्थीहरुलाई विभिन्न तरकारीका बिउ बिजन वितरण गरिएको थियो । कार्यक्रममा शिक्षा शाखा अधिकृत मिनादेवी आचार्यले कार्यक्रमको प्रभाबकारीतालाई गाउँपालिका शिक्षा शाखा र बिद्यालयले अनुगमन निरीक्षण गर्ने साथै बिद्यार्थीले घरमा करेसाबारीमा उत्पादन गरेबापत पेसा व्यवसाय र प्रविधि विषयको प्राक्टिकल नम्बर पाउने व्यवस्था रहने बताइन् ।

हाल विभिन्न जातका ८ प्रकारका तरकारीको बीउविजन र त्यसको लागि आवश्यक पर्ने विषादीहरू संग संगै आवश्यक विउ तयारी जग्गा छनोट उमार्ने तरीका पाठ्यक्रममा भए अनुसार गर्न निर्देशन दिएको प्राकृतिक आधारभुत विद्यालयका प्रधानाध्यापक छन्द प्रसाद वस्यालले बताए । बिउ विजन पाए पछि विद्यार्थीहरूमा खुसीयाली छाएको साथै पाठ्यक्रममा भएको विषयवस्तु व्यवहारिक प्रयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको विद्यार्थीहरूले वताए । विद्यार्थीलाई काउली, काक्रो, मुला, पालक, केराउ, धनिया लगायतका बिउ दिइएको छ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि विषयगत शिक्षकलाई विद्यार्थीको करेसाबारी सम्म पु¥याई मूल्याङ्न गरिने योजना रहेको रम्भा गाउपालिका शिक्षा अधिकृत मीनादेवी आचार्यले बताइन् ।

Comments
Loading...