रम्भा गाउँपालिकामा बालबालिका सर्वेक्षण गरिंदै

0 91

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउपालिका पाल्पामा बालबालिका सर्वेक्षण तथ्याङ्क संकलन तथा कोरोना भाईरस सम्बन्धी सचेतना गर्ने काम भई रहेको छ । स्थानीय सहजकर्तालाई तालिम दिई कोरोना भाईरस संग बच्नका लागि आवश्यक सीपहरु सिकाउन प्रत्येक घरमा सहजकर्तालाई खटाईएको हो ।

व्यक्तिगत सरसफाई, भौतिक दूरी कायम गर्ने, लकडाउनको पालना, खानेकुराको सफाईबारे सहजकर्ताले घरघरमा गएर सिकाई रहेका छन् । रम्भा गाउ‘पालिकालाई बालमैत्री गाउपालिका बनाउन आवश्यक पर्ने तथ्याङ्कहरुको संकलन गर्न घरधुरी सर्वेक्षण गरिएको रम्भा गाउपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । तथ्याङ्क विवरणलाई जनसांख्यिक, आर्थिक, स्वास्थ्य, शैक्षिक शीर्षकमा अलग अलग रुपमा प्रश्नावली तयार पारिएको छ ।

यसैगरि बाल संरक्षण तथा बाल सहभागिता शीर्षकमा बालबालिकाका विवरण संकलन गरिएको बालमैत्री स्थानीय शासन कार्यक्रमका अधिकृत कुश्माखर पाण्डे बताए । सर्वेक्षण गर्न स्थानीय ७ जना सहजकर्तालाई परिचालन गरिएको छ । आफूले वडाका करिब ७ सय घरको सर्वेक्षण गरि सकेको रम्भा गाउपालिका २ फोक्सिङ्गकोटका सहजकर्ता कुुसुममाया सिंजालीले बताए ।

१२ सय भन्दा बढी घरधुरी रहेको रम्भा गाउपालिका वडा नं. ३ पिपलडॉडामा दुई जना सहजकर्ता खटिएको सहजकर्ता टेककुमारी सुनारीले बताइन् । मंसिर २२ गते देखि सर्वेक्षणमा खटिएकोभए पनि हालका दिनमा कोरोना सम्बन्धी विषयवस्तु समेत स्थानीयलाई जानकारी गराउनु परेको शर्मीला रानाले बताईन् । रम्भा गाउपालिकाका विद्यालय, समुदाय तथा क्लब स्तरमा विभिन्न कार्यक्रम संचालन गरिंदै आएको छ ।

Comments
Loading...