राजनीतिक हस्तक्षेपकै कारण शिक्षामा गुणस्तर भएन

0 74

पाल्पा । सेन माध्यमिक विद्यालय तानसेनको स्वर्ण महोत्सवका अवसरमा आयोजित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिः चुनौति र समाधान विषयक अन्तरक्रियात्मक शैक्षिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले शैक्षिक गुणस्तर सुधार्न राजनीतिक हस्तक्षेप हुन नहुने धारणा यहाँ शुक्रबार आयोजित कार्यक्रमका सहभागीले बताए । उनीहरुले राजनीतिक हस्तक्षेपकै कारण शिक्षाको गुणस्तर बढाउनमा असहयोग भएको समेत बताए ।

सहभागीले सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा देखिएका परिवर्तनलाई एकले अर्काको सिको गर्न सकेमात्रै पनि शिक्षाको गुणस्तर बढ्ने बताए । उनीहरुले विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक नियुक्ति लगायत हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुने भएकाले यसले शैक्षिक गुणस्तर वृद्धिमै असर पुग्ने बताए । ‘नीति नियम, सामाजिक, राजनीतिक, आर्थिक, राजनैतिक वातावरण, आस्था एवम् विश्वास, भौतिक प्रबन्धबाट शिक्षाको गुणस्तर प्रभावित हुन्छ,’ सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेका शैक्षिक तालिम केन्द्रका प्रशिक्षक गोपालप्रसाद बस्यालको कार्यपत्रमा उल्लेख छ, ‘विद्यँर्थी भर्ना भएदेखि कक्षा शिक्षणसहितका शैक्ष्ँिक क्रियाकलापहरु, लक्ष्ँित तहको नतिजा प्राप्ति र जीवनयापनमा पुगेको योगदानका कसीमा गुणस्तर मापन गर्नुपर्दछ ।’

तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनको कार्यपत्रमा सामुदायिक विद्यँलयहरुका धेरै सफलता र असफलताका उदाहरण भएपनि सफलताको अवलोकन गरेर आफुलाई परिवर्तन गर्ने भन्नेतर्फ ध्यान नगएको बताइएको छ । उनको कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक टंक पन्थले सामुदायिक विद्यालयमा गुणस्तर सुधार्न शिक्ष्ँक, अभिभावक र विद्यँर्थीको त्रिकोणात्मक सम्बन्ध जरुरी रहेको बताए । उनले संस्थागत विद्यालयका शिक्षकले भन्दा धेरै राम्रा तालिम लिएपनि त्यसको कक्ष्ाँकोठामा प्रयोगमा आउन नसकेको बताए । उनले गुणस्तरीय शिक्ष्ाँ प्रदान गर्नलाई विद्यँलयलाई राजनीतिक हस्तक्ष्ँेपमुक्त बनाउनु जरुरी रहेको बताए ।

अर्का टिप्पणीकार शिक्षाविज्ञ वुद्धीप्रसाद शर्माले सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्ष्ँेपबाट मुक्त राख्न सक्यो भने मात्र शिक्ष्ाँको गुणस्तर सुधार हुने बताए । उनले शिक्षक विद्यार्थीप्रति जिम्मेवार बन्न सकेमात्र शिक्षाको गुणस्तर पनि माथि जान सक्ने बताउँदै हरेक क्रियाकलापमा राजनीति हुन थालेपछि शैक्षिक गुणस्तर पनि खस्किँदै गएको बताए । ‘विद्यालयलाई राजनीति गर्ने अखडा बनाएपछि शिक्षाको गुणस्तर सुधारको कल्पना गर्न सकिदैन,’ उनले भने, ‘शिक्ष्ँकमा इमान्दारिता छैन । त्यसैले यसतर्फ ध्यान पुग्न जरुरी छ ।’ कार्यक्रममा भुसालडाँडा माविका सहायक प्रधानाध्यापक सुन्दर श्रेष्ठले सामुदायिक विद्यालयमा हुने राजनीतिक हस्तक्षेप चिर्न प्रधानाध्यापकले सक्ने हो भने शिक्षाको गुणस्तर वृद्धि हुने पक्का भएको बताए । उनले १२ जना विद्यार्थीबाट अहिले ४ सय ५० पुगेको अनुभव सुनाउदै यदि शिक्षकले चाहे भने शिक्षालाई बदल्न सक्ने बताए ।

अभिभावकलाई सचेत बनाएर उनीहरुलाई विद्यालयप्रति आकर्षण गराउन सकियो भने पनि राजनीतिक हस्तक्षेप कमी हुने उनले सुझाव दिए । शारदा मावि मदनपोखराका प्रधानाध्यापक केशवराज अर्यालले सबैको सहयोगमा विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सकियो भने पक्कै पनि सामुदायिक विद्यालयको गुणस्तर बढ्ने बताए । उनले जनताको विश्वास सामुदायिक विद्यालयमा भएपनि त्यस अनुसारको नतिजा दिन नसक्नु दुःखद भएको बताए । नेपाल पत्रकार महासंघ जिल्ला सचिव किरण कौशलले कुशल शिक्षक इमान्दार भएर पढाउने हो भने शिक्षाको गुणस्तर बढ्न समय नलाग्ने बताए । उनले कुशल चालकले जसरी सुरक्षित गन्तव्यमा पुर्याउँछ त्यसरी नै शिक्षकलाई अभिभावकले आफ्नो बालबालिका सुधार गरोस् भनेर विद्यालयमा पठाएका हुन्छन् तर त्यहाँ इमान्दारिता नभएको बताए । जसले गर्दा शिक्षाको गुणस्तर झन् सुध्रिने भन्दा पनि बिग्रिएर गएको बताए ।

कार्यक्रममा शिक्षा कार्यालय, स्रोत व्यक्ति , नगर शिक्षा प्रमुख कोही कसैको पनि उपस्थिति थिएन । कार्यक्रममा विद्यालयका संस्थापक देवप्रसाद बज्राचार्य, पूर्वप्रधानाध्यापक दिलबहादुर शाक्यले विद्यालयको शिक्षाको गुणस्तर मापनको सही तरिका नभएको बताए । साहित्य तथा वौद्धिक उपसमितिकी सदस्य नारायणी गौतमले स्वागत, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर मल्लको धन्यवाद र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर केसीको अध्यक्षतामा कार्यक्रम चलेको हो ।

Comments
Loading...