राना परिवारले बनाइदिए आलमदेवीमा यज्ञमण्डप

0 463

चुरामणि तिमिल्सिना । स्याङजा
आफू जन्मेको गाउँ सबै भन्दा प्यारो हुन्छ यसै कारणले समाजका हरेक संस्कृति, परम्परा, रितिरिवाज र रहनसहन लाई बचाउ गर्न स्थानीय समुदायले प्राय गरि हिज आज सामाजिक संजालको बढि प्रयोग गरि सहयोग कार्यक्रम सञ्चालन गरेर कार्यक्रम प्रभाबकारी बनाएको आलम देबि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिङ रानाले बताए ।

यसैको थप बिकासको लागि स्याङ्जा कालीगण्डकी गाउँ पालिका वडा न ४ बिर्घाका तुल्सी राना धर्मपत्नी तिलिसरा राना र छोरा चक्र रानाले हाल लन्डनबाट मन्दिर प्राङ्गणमा यज्ञमन्डप निर्माण गरिदिएका छन् । आफ्नो परिवार बेलायत तिर भएपनि आफ्नै पुर्खाले बनाएका सम्पदा संरक्षण गर्न तथा निर्माण गर्न आफु अगाडि बढेको उनले बताए ।

उनले मठमन्दिर मात्र हैन सामाजिक विद्यालय संघ सस्था, बाढी पहिरो पिडित, असहाय , अपांगता भएका ब्यक्ति, बिपन्न परिवार र छाक टार्न गाह्रो परेका परिवारलाई आफ्नो बृटिस आर्मीको पेन्सनको केही प्रतिशत रकम यस्तै शीर्षकमा प्रदान गर्दै आइरहेको उनको श्रीमती तिलिसराले बताइन् ।

आफूले अवका सबै कार्यक्रममा थाहा पाएसम्म जति सकिन्छ त्यति नै सहयोग गर्ने उनको छोरा चक्र रानाले बताए । आफ्ना स्व. पिता जित बहादुर राना र माता यानिसराको पुण्य स्मृतिमा सबै ठाउँहरुमा सहयोग गरिरहने राना परिवारको भनाइ रहेको छ । यति मात्र नभइ आगामी केही पर्व तिथि तथा आफ्ना परिवारको जन्म उत्सबको अबसर पारेर रुरु धाम रिडीमा रहेको रुरु धार्मिक सेवा सञ्चार प्रालिको कार्यलयलाई पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यता यस्ता सम्पदा निर्माण तथा संरक्षण गर्ने दान दाताहरुलाइ धन्यवाद दिदै समितिले सम्मान पनि गर्ने योजना बनाएर अगाडि बढेको पुजा समितिका सचिब पर्थ थापाले बताए ।

Comments
Loading...