रानीमहल नगरपालिकाको जिम्मेवारीमा, सप्रिन्छ कि बिग्रिन्छ धेरैको चासो

0 69

पाल्पा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पाल्पाको रानीमहललाई एक महिनाभित्र रानीमहललाई तानसेन नगरपालिकाको जिम्मेवारीमा दिइने बताएका छन् ।
पाल्पाको पर्यटन प्रवर्धनका लागि सञ्चार अभियान अन्र्तगत मंगलवार रानीमहलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले रानीमहलले पाल्पा स्याङ्जा, गुल्मी जिल्लाका स्थानीय तहहरुको समृद्धिका लागि समेत टेवा पुर्याउने बताए ।
पाल्पाली संगम काठ्माण्डौले पर्यटन बोर्डको सहयोगमा आयोजना गरेको अभियानको क्रममा बोल्दै उनले एक महिना भित्र रानीमहललाई तानसेन नगरपालिकाको जिम्मामा दिने र तानसेनको ऐतिहासिक दरबारलाई प्रदेश नं. ५ को उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डेय, नेपाल कम्युनिष्ट पार्टीका नेता ठाकुर गैरे, प्रदेशसभा सदस्य नारायण आचार्य, बिर बहादुर राना, रमा घर्ती, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही लगायतले बोल्दै रानीमहल नेपालकै गहना भएकोले यसलाई नमुना पर्यटकीय गन्तब्यको रुपमा बिकास गरिनुपर्ने बताए । पाल्पाली संगमले पाल्पा जिल्लाका सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको पहिचान र प्रचार प्रसारका लागि यसप्रकारको अभियानको थालनी गरेको संगमका अध्यक्ष्इा रुद्रनाथ बस्यालले बताए ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले रानीमहललाई समेत छोएको छ । राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडिएको छ । यससँगै तानसेन नगरपालिका–१३ मा रहेको रानीमहलमा यातायातका साधन र पैदल समेत पर्यटकहरु पुग्नक्रममा वृद्धि भएको छ । कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माणको कार्यले तिव्रता पाएको छ । स्याङ्गजाको कालीगण्डकी गाउँपालिका–३, सटुका र पाल्पाको वगनाशकाली गाउँपालिका–७, रानीघाटमा पक्की पुल निर्माण भैरहेको हो ।
सच्चा प्रेमको प्रतिक ठानिने रानीमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सदिक्षा र सम्झनामा निर्माण गरेका थिए । त्यहि कारणले गर्दा दरबार अवलोकन गर्न जानेहरु मध्ये अधिकांश युगल जोडीहरु रहने गरेकाछन् । प्रणय दिवस (भ्यालेन्टाईन डे) फ्रेबुअरी १४ का दिन यस क्षेत्रमा मेलानै लाग्ने गर्दछ । १९५० सालमा शिलान्यास गरि १९५४ सालमा निर्माण सम्पन्न भएको थियो । कला कौशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ ।

Comments
Loading...