रामपुरको घडेरी समस्या यही वर्षमा समाधान हुन्छः मन्त्री अर्याल

0 97

बन्दना पोखरेल । (रामपुर) पाल्पा
नेकपाका केन्द्रिय सदस्य एवम् नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पदमा कुमारी अर्यालसित पार्टी कार्यकर्ता भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा मन्त्री अर्यालले रामपुरको अव्यवस्थित घडेरीको समस्या यही सरकारले र यहि आर्थिक बर्षमा समाधन गर्ने बताइन् ।
उनले पार्टी नेकताले यही साता साथर्कता पाउने उल्लेख समेत गरिन् । सो अवसरमा बोल्दै मन्त्री अर्यालले सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्न सबैलाई आग्रह समेत गरिन् । उनले बर्तमान सरकार परिवर्तनको संवाहक भएकोले यसले नमुना योग्य कामहरु सम्पादन गर्ने बताइन् ।
रामपुर बेझाडमा रहेको मदन आश्रीत प्रतिष्ठान नगर कमिटिको आयोजनामा भएको कार्यकर्ता भेटघाटको अध्यक्षता नगरकमिटी अध्यक्ष कमलराज भट्टराईले गरेका थिए भने संचालन सचिव दामोदर पाठकले गरेका थिए ।

Comments
Loading...