रामपुरमा नापी र मालपोत कार्यालय भवनको उद्घाटन

0 138

बन्दना पोखरेल ।(रामपुर) पाल्पा
नेपाल सरकारकी भूमी व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री पदमा अर्यालले रामपुरमा रहेको मालपोत र नापी कार्यालय भवनको उद्घाटन गरेकी छन् ।

मालपोत र नापी कार्यालयको समुद्घाटन एवम् मालपोत कार्यालयको अनलाईन सेवा सुरुवात गर्दै उनले नमुना कार्यालय स्थापना गर्ने सुशासन सहितको कार्यालय सुरु गर्ने बताइन् । सुशासनका लागि प्रविधि मैत्रि कार्यालय बनाउने अभियानमा लागेको बताउदै जनताले छिटो छरितो काम पाउने बताउदै सवैले रचनात्मक सहयोग गनु पर्ने उनले बताइन् ।

रामपुर विगत देखिको अव्यवस्थित घर घडेरिको व्यबस्थापन गरि आफ्नो सम्पत्तिको मालिक आफै बन्न पाउने गरि र्काय थालेको बताउदै यहि आर्थिक बर्षमा यहाँका ८५६ घडेरीलाई लाल पुर्जा वितरण गर्ने गरि अगाडि बढेको भन्दै जनता आबास कार्यक्रम , सुरक्षित नागरिक अनुदान र्ककट पाता वितरण गर्ने जस्ता जनमुखि कार्यक्रम सरकारले ल्याएको र यसमा तीनै तहको सरकारको समन्वयको खाचो रहेको मन्त्री अर्यालले बताइन् ।

नापी कार्यालयका प्रमुख रविन भट्टराईको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद युवराज खनाल, अर्का प्रदेश सांसद नारायण आचार्य जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल , रामपुर नपाका मेयर रमण बहादुर थापा , भुमि व्यवस्था तथा अभिलेख विभागका महालेखा निर्देशक गोकर्र्ण मणि दुवाडी लगायतले आआफ्नो धारणा राखेका थिए ।
मालपोत कार्यालयका प्रमुख घनश्याम अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नायव सुब्बा देवेन्द्र पोखरेलले गरेका थिए ।

Comments
Loading...