रामपुर नगरपालिकामा अनलाइन चेक सुरु

0 75

बन्दना पोखरेल । (रामपुर) पाल्पा
पाल्पा रामपुर नगरपालिकाले अनलाईन चेक सुरु गरेको छ । रामपुर नगरपालिकाका लेखा अधिकृत मिन बहादुर घर्ति मगरका अनुसार लेखा व्यवस्थित गर्न चुस्त दुरुस्त गराउन यो सेवा सुरु गरिएको हो ।

एकाउन्टिङ सफ्टवेयर जडान गरि अब हातले चेक नकाटि कम्प्युटरबाट काट्न थालिएको हो । जसले गर्दा नअगाडिको मिति राख्न मिल्छ न पछाडि सहि मिति नै राख्न पर्ने भएकाले भौचरहरुको गलत प्रयोग नहुने साथै योजना तथा कार्यक्रमहरु पनि सबै सफ्टवेयरमा रेकर्ड रहने उनले बताए ।

Comments
Loading...