राम्दी पुल वर्षेनी जीर्ण

0 490

पाल्पा । सरोकारवाला निकायको ध्यानाकर्षणको अभावमा राम्दी पुल जीर्ण भएको खबर वर्षेनी आउने गरेको छ तर समस्याका समाधान भने भएको छैन । सिद्वार्थ राजमार्ग अन्तर्गत पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीको राम्दी पुल जीर्ण हुदा निर्वाध सवारी संचालनमा समस्या भएको । ४६ वर्ष पुरानो पुलको उचित मर्मतसम्भार हुन नसक्दा सिद्वार्थ राजमार्ग जोड्ने राम्दी पुलमा दैनिक चल्ने सवारी निर्वाध आवत जावतमा समस्या भएको हो ।

वि. स. २०२८ मा निर्माण भएको राम्दी पुल बनेदेखि नै मर्मत हुन नसक्दा पुल जीर्ण बनेको छ । पुल जीर्ण हुदा सवारी साधन गुड्दा पुलका सबै भाग हल्लिने समस्या देखिएपछि १२ टनभन्दा बढी तौल भएको सवारी सञ्चालनमा रोक लगाइएको स्थानीय बासिन्दाको भनाई छ । पुलको अवस्था कमजोर भएपछि सुरक्षित आवतजावत गर्न १२ टनसम्मका सवारीलाई एकतर्फी आवतजावत गर्न पाउने व्यवस्था गरेको बगनासकाली गाउपालिका–५, राम्दीका स्थानीय बासिन्दा प्रकाश श्रेष्ठले बताए । पा“च वर्षअघि पुलको सामान्य मर्मत र पेन्टिङ् भएपनि सुरक्षाको दृष्टिले चेकजाच नहु“दा निर्वाध सवारी सञ्चालन गर्न अप्ठेरो परेको श्रेष्ठले बताए । पुल जीर्ण भएपछि पाच वर्षदेखि प्रहरी र स्थानीय बासिन्दाको पहलमा एकतर्फी मात्र सवारी आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।

दैनिक यस सडकमा चल्ने हजारौं सवारी पुल मर्मत नहुदा एकतर्फी मात्र यातायात संचालन गर्नुपरेको राम्दी प्रहरी चौकीमा प्रमुख जंगबहादुर श्रेष्ठले जानकारी दिए । डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणी आचार्यले भने पुलको दिगोपनका लागि मर्मतको कार्य गर्दै आएको र वेरिङमा ग्रिसिङ गरिने हुदा पुल हल्लिनु सामान्य भएको बताए । जीर्ण राम्दी पुलकै कारण निर्वाध सवारी सञ्चालन हुन नसक्दा सवारी जाम हुने, ट्राफिक व्यवस्थापन गरिरहनुपर्ने जस्ता समस्या थपिएको छ । यस्तै सवारी चालक र यात्रुले समेत दुर्घटना हुने हो कि भन्ने भय पालेर दिनहु यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

यो बाटो हुदै स्याङ्जा, गुल्मी, पोखरा, सहित प्रदेश नं. ४ का बिभिन्न जिल्लाका हजारौ सवारीहरु दैनिक ओहोरदोहोर गर्दछन् ।

Comments
Loading...