राष्ट्रसेवामा दायित्वका युवाहरु

0 149

पाल्पा । दायित्वले प्रदेश नं. ५मा जनप्रशासन फेलोसिप कार्यक्रम,२०२० को औपचारिक रुपमा शुभारम्भ गरेको छ । यो फेलोसिप कार्यक्रमको मूल उद्देश्य भनेको सार्वजनिक सेवाप्रवाहमा यूवाहरुको सहभागिता गराउने, राष्ट्रसेवाको मूल्य मान्यता सिकाई र राष्ट्रसेवामा जाने सोंचको अभिवृद्धि तथा समाजमा यूवा बाटै राष्ट्रसेवाको गरिमा र महत्व प्रबद्र्धनमा भूमिका खेल्ने रहेको छ ।


प्रदेश नं. ५ का प्रमुख सचिव तायनारायण ज्ञवालीको प्रमुख आतिथ्यमा सामान्य कार्यक्रम सहित फेलोसिप कार्यक्रमको औपचारिक शुभारम्भ गरियो । मेरो सरकार, मेरो दायित्व भन्ने मूल सन्देशसहित आयोजना गरिएको कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसाल, मुख्यमन्त्री तथामन्त्रि परिषदको कार्यालयका कानुन सचिव राजेन्द्र थापा, प्रदेश नं. ५ अन्तर्गत्का मन्त्रालयका सचिवहरु तेज बहादुर सुवेदी (भूमिव्यवस्थापन, कृषितथा सहकारी मन्त्रालय), डा.राधावाग्ले (उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रालय), तुलसीपुर उपमहानगरपालिका सि.ई.ओ. कृष्णकान्त उपाध्याय लगायतले धारणा राखेका थिए ।


चयनभएका ९ जना फेलोहरुले करिब ३.५ महिना विभिन्न मन्त्रालय तथा स्थानीय निकायहरुमा कार्य गर्नेछन् । प्रदेश नं. ५ का लागि छनौट भएका यूवा र कार्य गर्ने निकायहरुमा ः मोतिलाल यादव (सामाजिक विकास मन्त्रालय), हेमराज आचार्य (कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय), ज्योति सुनार (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), सुश्मिता कँुवर (प्रदेश योजनाआयोग), अशोक भण्डारी (बुटवल उपमहानगरपालिका), देवी भण्डारी (तिलोत्तमानगरपालिका), अभय भण्डारी (तुलसीपुर उप–महानगरपालिका), समिक्षा गुरुङ्ग (तानसेन नगरपालिका) र कला गिरी (बगनासकालीगाउँपालिका) रहेका छन् ।


प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संयोजन गरिएको शुभारम्भ कार्यक्रम, युवा आज परियोजनाका व्यवस्थापक सोनी के.सी.को स्वागत, दायित्वका अध्यक्ष डा. पुकार मल्लको अध्यक्षता र दायित्व प्रदेश ५ का संयोजक कमल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।


यही शुभारम्भको अवसर पारि छनौट भएका फेलोहरुलाई लक्षित गरी उत्प्रेरणाका लागि प्यानल विशेष उत्पे्ररणा सेसन होटल न्यू ईरामा आयोजना गरियो । सो प्यानल सेसन कार्यक्रममा सामाजिक अभियन्ता तथा नमूना एकिकृत परिषदका अध्यक्ष ज्ञानु पौडयलले युवाको सामाजिक दायित्व र सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत शारदा बश्याल (बेलबासे) ले राष्ट्रसेवाको महत्व माथि प्रकाश पारेका थिए ।


उत्प्रेरणा विशेष कार्यक्रम, युवा आज परियोजनाका व्यवस्थापक सोनी के.सी.को स्वागत, दायित्वका अध्यक्ष डा. पुकार मल्लको अध्यक्षता र दायित्वप्रदेश ५ का संयोजकक मलथापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...